© २०२३
काठमान्डौ, १५ मंसिर ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र शपथसम्बन्धी विवादमा सर्वोच्च अदालतले सोमबार पुनः सुनुवाइ गर्ने भएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा विहीबारदेखि सुरु भएको अन्तिम सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
मुख्यमन्त्री नियुक्तिविरुद्ध दुईवटा सार्वजनिक सरोकारका रिट तथा मधेश प्रदेश कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ जना प्रदेशसभा सदस्यद्वारा दर्ता गरिएका रिटमा सर्वोच्चले पहिले नै अन्तरिम आदेश जारी गरिसकेको छ ।
अदालतले यसअघि मुख्यमन्त्री यादवलाई दीर्घकालीन महत्त्वका कुनै पनि निर्णय नगर्न–नगराउन अन्तरिम आदेश जारी गरेको थियो ।
यो विवाद तत्कालीन प्रदेश प्रमुखले होटलमै एमाले सांसद सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्ति गरेपछि चर्किएको हो । सोही नियुक्तिको वैधानिकता गर्दै रिट सर्वोच्च अदालतमा पुगेका थिए ।