Butwal Today

एमालेले पोखरामा जेनजीका कार्यक्रम बिथोल्ने प्रयास गरेको गुरुङको आरोप

१५ मंसिर २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, १५ मंसिर ।

नेकपा एमालेमाथि पोखरामा हुने भनिएको जेनजी कार्यक्रम बिथोल्ने प्रयास गरेको आरोप लागेको छ ।

द काउन्सिल अफ जेनजीका संयोजक सुदन गुरुङले सामाजिक सञ्जालमार्फत आफू पोखरा जाने तयारीसँगै केही समूह र एमालेले कार्यक्रम अवरोध गर्न प्रयास गरेको बताए ।

गुरुङले लेखेका छन्, “पोखरामा जेनजी भाइबहिनीहरूको संगठन बलियो बनाउन र देशप्रेमी पोख्रेली आमाबुबालाई दाजुभाइ तथा दिदीबहिनीहरू भेट्न हामी पोखरा निस्कियौं । तर, हाम्रो आगमनको खबर पाएदेखि केही समूह र एमालेले कार्यक्रम बिथोल्न अथक प्रयास गरिरहेको खबर पाएँ ।”

यसबीच, उनले आफ्नो कदम रोक्ने कुनै योजना नरहेको स्पष्ट पार्दै चेतावनी दिएका छन् । गुरुङले भने, “हामी हिजो देशका लागि लडेका हौं, आज अरूसँग सामना गर्न डराउने प्रश्नै छैन ।”