Butwal Today

आज सुनको मूल्य तोलामा १,४०० रुपैयाँले वृद्धि

१५ मंसिर २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

आज सुनको मूल्य तोलामा १,४०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मूल्य वृद्धि संगै आज सुन तोलाको २,५३,६०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य तोलाको २,५२,२०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको ३,५३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदीको मूल्य तोलाको ३,४९० रुपैयाँ थियो ।