© २०२३
काठमाडौँ ।
घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त) आगामी माघ ३ र ४ गते विशेष राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
पार्टी एकतापछि आइतबार बसेको पहिलो संयुक्त बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक अध्यक्ष भुसालले माघमा विशेष सम्मेलन गर्ने निर्णय गरेको बताएका छन् ।
सम्मेलनले पार्टीका अन्य दस्तावेज र विधानहरू पनि तयार गर्ने भुसालले जानकारी दिए । बैठकले घनेन्द्र बस्नेत, कृष्णप्रसाद भण्डारी, खेमबन्धु कोइराला लाई वरिष्ठ नेताका रूपमा मनोनयन गरेको छ ।
त्यस्तै, बैठकले चार सदस्यीय दस्तावेज मस्यौदा कमिटी गठन गरेको पार्टीले जनाएको छ । मस्यौदा कमिटीमा घनश्याम भुसाल, केदार शर्मा, विजय पौड्याल र डम्बर बुढाथोकी रहेका छन् ।