© 2026
काठमान्डौ, १५ मंसिर ।
नेकपा संयुक्तको कार्यवाहक अध्यक्षको जिम्मेवारी घनश्याम भूसाललाई सुम्पिएको छ । अध्यक्ष चन्द्रदेव जोशीले आफू उमेरले वृद्ध भइसकेको र काम गर्न नसक्ने भएकाले जिम्मेवारी भूसाललाई हस्तान्तरण गरेको बताएका छन् ।
आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जोशीले भूसाललाई देखाउँदै भने, “मैले बुढो भएर काम गर्न नसक्ने भएकाले आफ्नो सम्पूर्ण बोझ, भार उहाँको काँधमा दिएर कार्यवाहक घोषणा गरेको छु ।”
यसअघि ११ मंसिरमा घनश्याम भूसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तबीच पार्टी एकता सम्बन्धी घोषणा भएको थियो ।
घटनास्थलमा एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी संयुक्त’ हुने, पार्टीको चुनाव चिह्न नेकपा संयुक्तकै हँसिया राखिने र झण्डामा प्रचलित कम्युनिस्ट पार्टीको झण्डामा बौद्धिक श्रमको प्रतिनिधित्व हुने संकेत प्रयोग गरिने जानकारी समेत दिइएको थियो ।