Butwal Today

इन्डोनेसियामा बाढी–पहिरो : झन्डै साढे ४ सयको मृत्यु

१५ मंसिर २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

इन्डोनेसियाको सुमात्रा टापुमा आएको विनाशकारी बाढी र पहिरोमा परी झन्डै साढे चार सयभन्दा धेरै व्यक्तिको ज्यान गएको छ । चार सयजना बेपत्ता भएको बीबीसीले जनाएको छ ।

इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले उत्तर सुमात्राको सेन्ट्रल टापानुलीस्थित पुगी उद्धार केन्द्रहरूको अवलोकन गर्नुभएको छ ।

यसअघि श्रीलंका, थाइल्यान्ड, मलेसिया, भियतनाम र फिलिपिन्समा आएको व्यापक बाढी तथा पहिरोमा समेत अहिलेसम्म नौ सयभन्दा धेरैको ज्यान गइसकेको छ ।

यी देशहरूमा पनि उद्धार तथा राहतकार्य जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।