Butwal Today

कांग्रेस कार्यसमितिको म्याद २ महिना थप

१५ मंसिर २०८२, सोमबार
अ+
अ-

 काठमाडौं, १५ मंसिर ।

नेपाली कांग्रेसको वर्तमान कार्यसमितिको म्याद दुई महिना थप गरिएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद दुई महिना थप गर्ने निर्णय गरेको हो ।

अब देउवा नेतृत्वको कार्यसमितिको म्याद आगामी माघ मसान्तसम्म रहनेछ । १४औँ महाधिवेशन सम्पन्न भएको मितिले यही मंसिरबाट केन्द्रीय कार्यसमितिको म्याद सकिँदै थियो ।

कांग्रेसको विधानमा विशेष परिस्थितिमा एक वर्षसम्म म्याद थप गर्न सकिने प्रावधान छ । जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमका कारण देउवाले वरिष्ठ उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन् । सोमबारको बैठक पनि खड्काकै अध्यक्षतामा बसेको हो ।