© २०२३
काठमान्डौ, १५ मंसिर ।
नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ । बैठकमा पुस अन्तिम साता पार्टीको १५औँ महाधिवेशन सञ्चालन गर्नको लागि कार्यतालिका पेस गर्ने तयारी गरिएको छ ।
पार्टी नेताहरूका अनुसार, प्रस्तुत कार्यतालिकामा सबैको सहमति रहेको छ । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्छ भन्ने अडान राख्दै आएका पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि पुसमै महाधिवेशन गर्ने विषयमा सहमत भएपछि, यो मध्यमार्गी प्रस्तावको रूपमा केन्द्रीय समितिमा पेस गर्न लागिएको हो ।
गत मंसिर ६ गतेदेखि महाधिवेशनको मिति तय नगर्दा कांग्रेसको बैठक लगातार सर्दै आएको थियो ।