ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

४ पालिकामा जलवायु अनुकूलनका कार्यक्रम 

१५ मंसिर २०८२, सोमबार
१५ मंसिर २०८२, सोमबार

सल्यान, १५ मङ्सिर ।

सल्यानका चार स्थानीय तहमा जलवायु परिवर्तनको दीर्घकालीन प्रभाव न्यूनीकरणका क्रियाकलाप सञ्चालन हुने भएका छन् ।

जलवायु परिवर्तन स्थानीय अनुकूलन (ल्याक) परियोजना मार्फत जिल्लाका एक नगरपालिका र तीन गाउँपालिकामा जलवायु परिवर्तनको दीर्घकालीन प्रभाव न्यूनीकरण, जोखिम व्यवस्थापन र स्थानीय स्तरका अनुकूलन कार्यक्रमहरू सञ्चालन हुने भएका हुन् ।

यसका लागि शारदा नगरपालिका, कपुरकोट गाउँपालिका, कालीमाटी गाउँपालिका र त्रिवेणी गाउँपालिकाले हालै सुर्खेतमा सम्पन्न कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्झौता गरिसकेका छन् ।

कार्यक्रम युरोपियन युनियन र फिनल्यान्ड सरकारको आर्थिक सहयोगमा, को–वाटर तथा जलवायु परिवर्तन अनुकूलन आयोजना सुर्खेतको प्राविधिक नेतृत्वमा कार्यान्वयन हुने जानकारी दिँदै शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले आफ्नो नगरपालिकामा वार्षिक करिब पाँच करोडको हाराहारीमा बजेट रहने बताए ।

ल्याक मार्फत विशेष गरी प्राकृतिक स्रोत व्यवस्थापन, पानी र वन संरक्षण, दिगो कृषि प्रणाली, विपद् जोखिम न्यूनीकरण तथा जलवायु संवेदनशील समुदायको क्षमता अभिवृद्धिमा जोड दिने पालिकाहरूले जनाएका छन् ।

जलवायु परिवर्तनका प्रभावले समुदायमा विभिन्न समस्या देखा परिरहेको जनाउँदै कालीमाटी गाउँपालिकाका अध्यक्ष दान बहादुर केसीले यस कार्यक्रमबाट अनुकूलनका गतिविधिहरू प्रभावकारी रूपमा चलाइने र आफ्नो पालिकाका बासिन्दाले प्रत्यक्ष लाभ पाउने विश्वास व्यक्त गरे ।

“पाँच वर्षसम्म यो परियोजनाले काम गर्नेछ । हाम्रो पालिकामा वार्षिक दुई करोड बढीको काम गर्ने, कामको प्रगतिको आधारमा थप बजेटको पनि व्यवस्थापन हुने भन्ने कुरा छ”, उनले भने, “आयआर्जनका कामबाट जलवायुको असरमा परेका स्थानीयहरूको आर्थिक अवस्था उकास्ने किसिमका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य छ ।”

यस बहु वर्षीय अनुकूलन परियोजनाले स्थानीय तहलाई सक्षम बनाउँदै कृषि, वन संरक्षण, पूर्वाधार र सामाजिक विकासका क्षेत्रमा ठोस परिणाम ल्याउने विश्वास गरिएको छ । सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्य मोडेलमा अघि बढ्ने यस परियोजना २०२९ सम्म निरन्तर सञ्चालनमा रहनेछ ।

ल्याकको उद्देश्य जलवायु परिवर्तनका प्रभावको सामना गर्न स्थानीय तहलाई सक्षम बनाउने रहेको छ ।

हालै सुर्खेतमा सम्पन्न सम्झौतामा हस्ताक्षर तथा परिचयात्मक अभिमुखीकरण कार्यक्रममा परियोजनाका लक्ष्य, कार्यविधि तथा आगामी कार्य योजना प्रस्तुत गरिएको थियो ।

जलवायु परिवर्तनका असर तीव्र रूपमा देखा पर्दै गएको वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय सहयोगमा सञ्चालित यस्तो कार्यक्रम सल्यानका स्थानीय तहका लागि समयानुकूल र आवश्यक रहेको जनप्रतिनिधिहरूको भनाइ छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत कर्णाली र सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजना सञ्चालनका लागि गत भदौमा प्रस्ताव आह्वान गरेको थियो ।

प्राप्त प्रस्तावहरूको “जलवायु परिवर्तन स्थानीय अनुकूलन (परियोजना सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२” बमोजिम मूल्याङ्कन पश्चात् सल्यानका पनि चार स्थानीय तह छनौटमा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?