Butwal Today

युक्रेनद्वारा रुसी तेल ट्याङ्करमाथि ड्रोन आक्रमण

१४ मंसिर २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

युक्रेनको नौसेनाले ब्ल्याक सी हुँदै अघि बढिरहेको रुसी ‘स्याडो फ्लिट’ का दुईवटा तेल ट्याङ्ककरलाई लक्षित गर्दै ड्रोन आक्रमण गरेको छ । रुसले अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने तेलको व्यापारलाई कमजोर बनाउन युक्रेनले आक्रमण गरेको बीबीसीले जनाएको छ ।

टर्किस अधिकारीका अनुसार काइरोस र विराट नामका दुई ट्याङ्करलाई निशाना बनाइएको हो । दुबै ट्याङ्करमा गाम्बियाको झन्डा फहराइरहेको थियो । ती ट्याङ्करहरू टर्कीको तट हुँदै अघि बढिरहेका थिए । पछिल्लो आक्रमणमा मानवीय क्षतिको विवरण भने सार्वजनिक भएको छैन ।

सन् २०२२ फेब्रुअरीमा युद्ध सुरु भएयता हजारौं मानिसले ज्यान गुमाएका छन् । लाखौं मानिस विस्थापित भएका छन् । पछिल्लो समय अमेरिकाको मध्यस्थतामा दुवै देश शान्ति वार्ताका लागि सकारात्मक देखिएका छन् । तर युद्ध भने अझै रोकिएको छैन ।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की शीर्ष सुरक्षा अधिकारीहरू सहित युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा थप छलफल गर्न अमेरिकातर्फ प्रस्थान गर्दै छन् ।