© २०२३
काठमान्डौ, १४ मंसिर ।
सुनको भाउ आज तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार कारोबार सप्ताहको पहिलो दिन आइतबार सुन तोलाको २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अस्ति शुक्रबार सुनको भाउ २ लाख ५० हजार ६ सय रुपैयाँ थियो ।
आज चाँदीको भाउ पनि तोलामा १४५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । मूल्य वृद्धिसँगै चाँदी तोलाको ३ हजार ४ सय ९० रुपैयाँमा पुगेको छ ।
शुक्रबार चाँदीको भाउ ३ हजार ३ सय ४५ रुपैयाँ थियो ।