© २०२३
पाल्पा, १४ मङ्सिर ।
अपाङ्गता भएका व्यक्तिहरूका अधिकार, पहुँच र दैनिक जीवनमा आवश्यक सेवा सुनिश्चित गर्न स्थापना गरिएको परि–लक्षित संस्थाले १९ हजार बराबरको सहयोग प्रदान गरेपछि अपाङ्गता भएका परिवार खुसी भएका छन् ।
तानसेन नगरपालिका ७ का बाबुराम विकले संस्थाबाट पाएको बाख्राका पाठा पाठीलाई बढाएर धेरै बनाउने योजना बनाएको बताए । विकले १ सय रुपैयाँ समेत निकाल्न मुस्किल परेको अवस्थामा संस्थाले १९ हजार बराबरको सहयोग गर्दा खुसी भएको बताए ।
यस्तै सुभेक्षा बस्यालले ब्युटी पार्लर सम्बन्धी ताली सिकाएर सिप दिएर सामाग्री पनि दिएपछि धेरै खुसी भएको बताए । यस्तै राम प्रसाद भट्टराईले बोल्दै संस्थाले दिएको पाठा पाठीलाई पालेर धेरै बनाउन योजना रहेको बताए ।
परि लक्ष्यित संस्थाले पाल्पाका चार पालीकामा आफ्नो सेवा विस्तारमा सक्रियता देखाएको परि लक्ष्यित संस्थाले जिल्लाको तानसेन नगरपालिका, तानसेन नगरपालिका, तिनाउ गाउँपालीका र रम्भा गाउँ‘पालीकाका अपाङ्गता भएकाहरुलाई सहयोग गर्दै आएको संस्थाका कोर्डिनेटर टिकालक्ष्मी श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार तानसेन नगरपालिकाका विभिन्न वडाका अपाङ्गता भएका व्यक्तिहरूलाई एक कार्यक्रमको आयोजना गरी १९ हजार बराबरको सहयोग प्रदान गरेको जसमा ब्युटी पार्लर को सामग्री, किराना पसल को लागि सामाग्री, बाख्राका पाठा पाठी अपाङ्गता भएका परिवारलाई वितरण गरिएको छ ।
कार्यक्रममा बोल्दै तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले संस्थाले समाजलाई अपाङ्गता मैत्री नीति निर्माणदेखि लिएर स्थानीय तहमा संयोजन बढाउ‘न गरेको काम सह्रानीय रहेको बताएका छन् ।
कार्कीले नगरपालिकाले पनि विभिन्न समयमा अपाङ्गता सम्बन्धी कार्यक्रम गर्दै आएको भए पनि अझै पर्याप्त नभएको बनाउँदै यसका लागि स्थानीय तहसँग सहकार्य गर्दै अगाडी बढ्न सकै अझ बलियो र प्रभावकारी हुने बताए ।
सरकारले पनि अपाङ्गता भएका व्यक्तिहरू लक्षित कार्यक्रमलाई बजेट र स्रोतसाधन मार्फत थप सशक्त बनाउने तयारी गरिरहेको छ । परि–लक्षित संस्थाको सक्रियता वृद्धि भएको यस चरणलाई अपाङ्गता अधिकारको क्षेत्रमा महत्त्वपूर्ण प्रगति मानिएको,नागरिकता नपाएकाहरूलाई नागरिकता प्रदान गर्ने, सचेतनामूलक तालिम, मनोसामाजिक सहयोग र अधिकार अभिवृद्धि कार्यक्रमलाई प्राथमिकतामा राखी नगर सरकाले काम गर्दै आएको कार्कीको भनाई छ ।
संस्थाका कोर्डिनेटर टिकालक्ष्मी श्रेष्ठले अहिले पनि देशका धेरै अपाङ्गता भएका व्यक्तिहरू सेवा अभाव, रोजगारीको कमी, भौतिक पहु‘चको कमजोरी र सामाजिक विभेदका कारण पछाडि परेकोले परि लक्ष्यीत संस्थाले अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गरी उनीहरूलाई रोजगार दिलाउने तथा आत्मनिर्भर बनाई आर्थिक आम्दानी गर्न सक्ने बनाउन सहयोग गर्दै आएको बताए ।
श्रेष्ठले भने “अपाङ्गता भएका नागरिकलाई राज्यका सबै सेवा र सुविधामा समान पहुँच दिलाउनु हाम्रो मूल लक्ष्य हो,” अपाङ्गता अधिकारका क्षेत्रमा क्रियाशील विशेषज्ञहरूले संस्थाको सक्रियता सकारात्मक भएको बताउ‘दै नीतिगत सुधार, पहुँचयुक्त पूर्वाधार र दिगो सहयोग आवश्यक रहेको उहाँको भनाई छ ।
तानसेन नगरपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी उनीहरूको आवश्यकता हेरी सहयोग प्रदान गर्दै आएको परिलक्ष्यीत संस्थाका तानसेन नगरपालिकाका कर्मचारी रञ्जित भट्टराईले बताए ।
परि लक्ष्यीत संस्थाले शारीरिक, मानसिक, दृष्टि, श्रवण तथा बहु विविध अपाङ्गता भएका व्यक्तिहरूका लागि शिक्षा, स्वास्थ्य, पुनर्स्थापना, सीपमूलक तालीम, रोजगार, लोक सेवा तयारी कक्षा र अधिकार संरक्षणका क्षेत्रमा यो संस्थाले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताएको छ ।