ट्रेंडिंग:

>> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए

रेसुङ्गा सभाहल ३ वर्षसम्म बन्न सकेन 

१४ मंसिर २०८२, आइतबार
१४ मंसिर २०८२, आइतबार

गुल्मी, १४ मङ्सिर ।

गुल्मीको रेसुङ्गा नगरपालिकामा निर्माणाधीन अत्याधुनिक सभाहल निर्माणको कामले गति लिन थालेको छ । गत तीन वर्ष अघि निर्माण सुरु गरिएको उक्त सभाहल बजेट अभावका कारण निर्माण कार्यमा ढिलाइ भएको थियो ।

सङ्घीय सरकार अन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयबाट भ्याटसहित १४ करोड १७ लाख १३ हजार ९३७ रुपैयाँ लागतमा रेसुङ्गा सभाहलको निर्माण सुरु भएको हो ।

सदरमुकाम तम्घास नजिकै रेसुङ्गा नगरपालिका–४ स्थित अर्खलेमा निर्माण भइरहेको सभाहल जिल्लामा सबैभन्दा ठुलो र अत्याधुनिक प्रकारको रहेको छ ।

निर्माण कार्य सुरु भएको तीन वर्षमा निर्माणाधीन सभाहलको हालसम्म ७५ प्रतिशत भौतिक र ६५ प्रतिशत वित्तीय प्रगति भएको सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर घनश्याम यादवले जानकारी दिएका छन् ।

२०७९ कार्तिक २७ गते सम्झौता गरी डिएनडी सत्तेश्वर ¥याकेट जेभीले सभाहल निर्माणको जिम्मा लिएको थियो । तोकिएको समयावधिमा काम सम्पन्न हुन नसकेपछि २०८२ चैत मसान्तसम्म म्याद थप गरिएको इन्जिनियर यादवले बताए ।

बजेट अभावसँगै अन्य विभिन्न समस्याका कारण सभाहलको निर्माण कार्यमा ढिलाइ हुन जाँदा म्याद थप गर्नुपरेको बताइएको छ । यस आर्थिक वर्षमा सभाहलको भवन हस्तान्तरण गर्ने गरी निर्माणको काम भइरहेको इन्जिनियर यादवले बताए ।

पाँच रोपनी क्षेत्रफलमा निर्माण भइरहेको उक्त सभाहल दुई तले, अग्नि नियन्त्रण र भूकम्प प्रतिरोधी, अत्याधुनिक कोठा, गार्डेन र पार्किङ सुविधा, दुई वटा हल सहितको आधुनिक किसिमबाट निर्माण हुन लागेको हो ।

सभाहलमा एकातिर १०८ जना अट्ने क्षमताको बहुउद्देश्यीय र अर्कोतिर ४३२ जनाको क्षमता सहितको मुख्य हल गरी कुल ५४० जना मानिसहरू अट्न सक्नेछन् । सभाहलको अहिले सजावटसँगै फर्निचर व्यवस्थापन, गार्डेन र कम्पाउन्ड निर्माणको काम भइरहेको निर्माण व्यवसायी धनिश्वर गौतमले जानकारी दिएका छन् ।

जिल्लामा अत्याधुनिक सभाहलको अभावमा ठुला प्रकारका विभिन्न सभा तथा कार्यक्रमहरू सञ्चालन हुन सकेका थिएनन् । सभाहल निर्माण भएसँगै जिल्लाको आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा समेत ठुलो सहयोग पुग्ने रेसुङ्गा नगरपालिका–४ का वडाध्यक्ष लिलाधर आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?