© २०२३
काठमाडौँ, १४ मंसिर ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजविरुद्ध कर्णाली याक्सले आइतबार पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । कर्णालीले काठमाडौँविरुद्धको अघिल्लो खेलको टोली नै निरन्तरता दिएको छ ।
काठमाडौँले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । दिपेश कँडेलको स्थानमा भीम सार्की सुरुवाती ११ मा आएका छन् ।
काठमाडौँ गोर्खाजको टोली: करण केसी (कप्तान), शाहब आलम, रसिद खान, भीम सार्की, सन्तोष यावद, आकाश त्रिपाठी, मोहम्मद आदिल आलम, बेन चार्ल्सवर्थ, मिलिन्द कुमार, जेहार्ड इरासमस र जोहन सिम्पसन ।
कर्णाली याक्सको टोली: सोमपाल कामी (कप्तान), पवन सर्राफ, दीपक डुम्रे, नन्दन यादव, विपिन शर्मा, युवराज खत्री, गुल्सन झा, मार्क वाट, विलियम वसिस्टो, नजिबुल्लाह जड्रान र प्रियांक पञ्चाल ।