Butwal Today

विवेकशील साझाका नेता मिलन पाण्डे रास्वपासँगको एकतामा सहभागी नहुने

१४ मंसिर २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, १४ मंसिर ।

विवेकशील साझाका नेता मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग हुने एकीकरण प्रक्रियामा सहभागी नहुने भएका छन् । सामाजिक सञ्जालमार्फत पाण्डेले एकीकरणप्रति शुभकामना व्यक्त गर्दै आफू त्यसमा संलग्न नहुने जानकारी गराएका हुन् ।

पाण्डेले लेखेका छन्, “विवेकशील साझा र रास्वपाको एकीकरणमा जुट्नुभएको सबै साथीहरूलाई शुभकामना । म यो एकीकरणमा सामेल छैन ।”

उनले केही समय मौन रहँदै ‘कुलिङ पिरियड’ लिएपछि नयाँ ढंगबाट राजनीतिक यात्रा सुरु गर्ने घोषणा पनि गरेका छन् । उनका अनुसार, “अब केही दिन वा केही महिना ‘कुलिङ पिरियड’ लिन्छु । त्यसपछि नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्नेछु । आजदेखि म पनि ‘स्वतन्त्र’ भएँ, विवेकशील पनि ‘स्वतन्त्र’ भयो ।”

यसै बीच आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा रास्वपा र विवेकशील साझा पार्टीबीच एकता घोषणासभा आयोजना गरिएको छ । एकता घोषणासभा अघि नै पाण्डेले आफू एकीकरण प्रक्रियामा सहभागी नहुने स्पष्ट पारेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?