© २०२३
नवलपरासी (पश्चिम्), १४ मंसिर ।
पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिकाले आर्थिक वर्ष २०८१/२०८२ मा आन्तरिक आम्दानी सम्पत्ति कर, घर बहाल, भूमिकर (मालपोत), व्यवसाय, सेवा शुल्क दस्तुर, बहाल विटौरी शुल्क, पार्किङ शुल्क, घर नक्सा पास दस्तुर, सिफारिस दस्तुर, साना सवारी दर्ता दस्तुर, सार्वजनिक पोखरी, पशु हाटबजार, सम्पत्ति बहाल तथा दण्ड जरिवाना मार्फत शतप्रतिशत राजश्व सङ्कलन गरेको राजश्व शाखाले जनाएको छ ।
८ करोड लक्ष्य रहेकोमा गत आर्थिक वर्षमा नगरपालिकाले ८ करोड १३ लाख ७ हजार ६९ हजार अर्थात् १०३.६३ प्रतिशत आन्तरिक आम्दानी गर्न सफल भएको छ ।
अघिल्लो वर्षको तुलनामा आव ०८१/८२ मा राजश्व बढी सङ्कलन भएको राजश्व शाखाका सहायक प्रशासकीय अधिकृत शारदा जिसीले जानकारी दिइन । आर्थिक वर्ष ०८०/८१ मा ६ करोड लक्ष्य लिएकोमा नगरपालिकाले ७ करोड ९८ लाख ११ हजार अर्थात् १३३ प्रतिशत राजश्व सङ्कलन गरेको थियो ।
आव ०८०र८१ मा व्यवसाय दर्ता अभियानका कारण राजश्व वृद्धिमा व्यवसायीको बढी योगदान रहेको उनले बताइन । यो आर्थिक वर्षमा घर नक्सा पासबाट मात्रै १ करोड ५८ लाख ३९ हजार ९ सय ६१ रुपैयाँ राजश्व सङ्कलन भएको थियो ।
अन्य क्षेत्रबाट थप राजश्व वृद्धि हुन नसकेको नगरपालिकाले जनाएको छ । घर बहाल कर, खोला ठेक्का लाग्न नसक्दा नदिजन्य पर्दार्थको चोरी निकासीबाट राजश्व चुहावट, ठुला साना सबै व्यवसायी र सामुदायिक वनबाट आउने १० प्रतिशत रकम दाखिला हुन नसकेको नगरपालिकाले जनाएको छ ।