दाङ, १४ मङ्सिर ।
स्थानीय तहका न्यायिक समिति, जनप्रतिनिधि र मेलमिलापकर्ताहरु संग सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि अन्तरकृया कार्यक्रमका सहभागीले वैदेशिक रोजगारीलाई सुरक्षित गराउनुपर्ने बताएका छन् ।
सामी परियोजनाको आयोजनामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीले गाउँ,वडा टोलबाट वैदेशिक रोजगारीमा जानेहरुले दुख नपाउन र समयमै सचेत आग्रह गरे । अप्ठ्यारोमा परेकाहरूलाई मेलमिलाप कर्ताले सहयोग गर्नुपर्ने बताए । नेपाली नागरिक वैदेशिक रोजगारीमा जानुभन्दा पहिले सबै कागजपत्र घर परिवारलाई सुरक्षित गराएर मात्र जानुपर्ने बताए । मेलमिलापकर्ताहरुले वडा वडामा सचेतता फैलाउने र सहयोग गर्नुपर्ने बताए ।
घोराही उपमहानगरपालिका उपमेयर हुमा डिसीले वैदेशिक रोजगारीमा जाने नेपाली नागरिक सुरक्षित भएर मात्रै जानुपर्ने बताइन् । आफुले काम गर्ने कम्पनी कस्तो छ? के कस्तो सुबिधा छ? सबै कुराको जानकारी लिएर मात्रै जानुपर्ने बताइन् । वैदेशिक रोजगारीमा गएकाहरुले दु:ख पाउने गरेको ,उद्घार खोज र क्षतिपूर्तिका लागि सामी कार्यक्रमले सहजीकरण गरेको बताइन् ।
वैदेशिक रोजगार बोर्डका कार्यक्रम संयोजक सरिता केसीले वैदेशिक रोजगारीमा हुने जोखिमका बारेमा जानकारी गराएकि थिइन् । उनले वैदेशिक रोजगारीलाइ कसरी सुरक्षित गराउने भन्ने बारेमा जानकारी गराएकि थिइन् ।
सुरक्षित आप्रवासन(सामी) का जिल्ला कार्यक्रम संयोजक बसन्ता पुनले वैदेशिक रोजगारको बर्तमान अबस्था, अबसर तथा सवालहरुका बारेमा जानकारी गरायकी थिइन् । उनले सामी कार्यक्रमको मुख्य सेवा , गतिविधि , बोर्ड , बिमा तथा सामाजिक सुरक्षा कोषको बारेमा जानकारी गराएकि थिइन् ।
कार्यक्रममा घोराही उपमहानगरपालिका प्रशासन महाशाखा प्रमुख बासुदेब आचार्य लगायतले धारणा राखेका थिए ।
कार्यक्रम जनप्रतिनिधि ,मेलमिलापकर्ता र सरोकारवाला निकाय गरि ३० जनाको सहभागीता रहेको थियोे ।