ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

हेक्का रहोस्, देश जादुको छडीले चल्ने चीज होइन : रक्षा बम

१४ मंसिर २०८२, आइतबार
१४ मंसिर २०८२, आइतबार

काठमान्डौ, १४ मंसिर ।

जेनजी आन्दोलनकी अगुवा रक्षा बमले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली र तत्काल संविधान संशोधनको प्रस्तावसहित सार्वजनिक भएको विवादित ‘ड्राफ्ट’लाई अलोकतान्त्रिक र खतरनाक हस्तक्षेप भन्दै कडा आपत्ति जनाएकी छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै बमले विगत केही सातादेखि स्वार्थप्रेरित समूहका व्यक्तिहरूद्वारा तयार गरिएको भनिने उक्त प्रस्ताव संविधान संशोधन प्रक्रियाको मूल मर्मविपरीत रहेको बताएकी हुन् ।

‘संविधान संशोधनजस्तो संवेदनशील विषय दबाबमार्फत अघि बढाउन खोज्नु अस्वीकार्य छ,’ बमले लेखेकी छन् । उनी भन्छिन्, ‘हामी संविधान पुनरावलोकनका पक्षमा छौँ, तर त्यस्तो परिवर्तन जनताको स्पष्ट म्यान्डेट बिना सम्भव हुँदैन ।’

बमका अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारीजस्ता एजेन्डा अघि सार्न चाहनेहरूले जनतासामु आफूले तयार पारेको नीति र प्रस्ताव प्रस्तुत गरी चुनावी घोषणापत्रमार्फत जनसमर्थन लिनुपर्छ । ‘त्यही लोकतान्त्रिक बाटो हो,’ उनले स्पष्ट पारिन् । संक्रमणकालीन जटिलताबीच संविधानका आधारभूत मर्मलाई आघात पुग्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताउँदै उनले भनिन्— ‘देश जादुको छडीले चल्ने वस्तु होइन । यसलाई चलाउन विधिको शासन, लोकतान्त्रिक मूल्य–मान्यता र जनपक्षीय सहभागिता अनिवार्य हुन्छ ।’

बमले प्रत्यक्ष कार्यकारीसहितका विषयमा व्यापक राष्ट्रिय संवाद आवश्यक रहेको उल्लेख गरिन् । उनले थपिन्, ‘हामी संविधान पुनरावलोकनका पक्षमै छौँ, तर त्यसका लागि जनादेश अपरिहार्य छ । प्रत्यक्ष निर्वाचित प्रणाली ल्याउन चाहने जो कोहीले पनि घोषणापत्रमा एजेन्डा राखेर भोट माग्न सक्छन् । यही लोकतान्त्रिक अभ्यास हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?