© २०२३
काठमान्डौ, १४ मंसिर ।
नेकपा एमालेको आगामी महाधिवेशनका लागि इलामबाट सर्वसम्मतरूपमा २० जना प्रतिनिधि चयन भएका छन् । दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको इलामबाट खुला, आरक्षित कोटा गरी २० जना प्रतिनिधि चयन भएका हुन् । इलाम–१ बाट युवातर्फ निरोज पौडेल चयन भएका छन् ।
महिला कोटामा उमादेवी सुनुवार, शकुन्तला लेप्चा र सावित्रा शिवा निर्विरोध चयन भए । खुला तर्फ उदयबहादुर राई, उमेश गुरुङ, काजीमान कागते, खम्बसिंह लिम्बु र दीपककुमार थेबे प्रतिनिधि बने ।
त्यसैगरी इलाम–२ मा युवातर्फ रामप्रसाद (रविन्द्र) सुवेदी चयन भएका छन् । महिला तर्फ टीकादेवी घिमिरे, दिलकुमारी लिम्बु र पबिमाया राई सर्वसम्मत चयन भए ।
विघटित प्रतिनिधि सभाका सांसद सुहाङ नेम्वाङ यस क्षेत्रबाट खुला कोटामा प्रतिनिधि चयन भएका छन् । नेम्वाङसँगै केशवकुमार धौराली, गणेशप्रसाद बराल, दिपेन्द्र खनाल, महेश बस्नेत र हेमन्त राई पनि सर्वसम्मत रूपमा चयन भए ।
दलित कोटाबाट देवेन्द्र विश्वकर्मा निर्विरोध रूपमा प्रतिनिधि बनेका छन् ।