ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

गंगा घर्ती : गाउँमै बसेर लाखौँ कमाउने जीविकाको स्रोत

गंगा घर्तीका लागि बाख्रापालन केवल आम्दानीको साधन मात्र होइन, महिलाले चाहे केही पनि गर्न सक्छन् भन्ने प्रमाण हो। उनका हातबाट जन्मिएको सानो बाख्रा फार्म आज अनेक महिलालाई प्रेरणा दिने नमुना बनेको छ।
१३ मंसिर २०८२, शनिबार
१३ मंसिर २०८२, शनिबार

दाङ, १३ मङ्सिर ।

दाङको लमही नगरपालिका–९ हर्दवाकी गंगा घर्ती आज आफ्नो गाउँमा मात्र होइन, जिल्लाभर महिलाको प्रेरणादायी नाम बनिसकेकी छिन्। केही वर्षअघि समूहमा आवद्ध हुँदा दुईवटा बाख्रा उपहार पाएकी उनी आज ५५ वटा बाख्रासहित सफल व्यवसायीको रूपमा उभिएकी छन्। सुरुमा उपहारका रूपमा प्राप्त दुई बाख्राबाट सुरु भएको यात्रा अहिले केदारबाबा कृषि तथा बाख्रा फर्मको नामले परिचित छ, जसले गंगालाई आर्थिक रूपमा मात्र होइन, आत्मविश्वास र पहिचान दुवै दिएको छ।

गंगाका फार्ममा अहिलेसम्म ८० वटा बाख्रा थिए भने दसैँमा बिक्री भएपछि ५५ वटा बाख्रा बचेका छन्। तीमध्ये ४० वटा माउ, ४ वटा बोका र ११ वटा पाठापाठी छन्। उनीले लोकल, जमुनापारी, बोयर मिक्स र सिरोइ गरी चार प्रजातिका बाख्रा पाल्ने गरेकी छिन्। दसैँको सिजनमा मात्रै खसी–बोका बिक्री गरेर उनले तीन लाख रुपियाँ आम्दानी कमाइन्, जसले उनको जीवनमा ठूलो परिवर्तन ल्याएको छ। उनले साना पाठापाठी तौल लिएर बजारमा पठाउने गर्छिन् र उपभोक्तासँग प्रत्यक्ष कारोबार पनि गर्छिन्।

बाख्राको दानदेखि डाले घाँससम्म सबै कुरामा आत्मनिर्भर बन्न गंगाले घरछेउकै सात कठ्ठा जमिनमा किमु, बकैना, सितलचिनी, बडहरलगायत डालेघाँस रोपेर उत्पादन गरिरहेकी छिन्। नजिकैको गुप्ती सामुदायिक वन पनि घाँसको स्रोत बनेको छ। बाख्राका लागि दान पिसाउने मिल घरमै भएकाले समय र खर्च दुवै बचत भएको उनी बताउँछिन्। मेहनतपनै उनको सफलताको आधार हो, जसका कारण उनलाई माछापुच्छ्रे बैंक र सक्षम सहकारीद्वारा सम्मान समेत गरिएको थियो। यसले उनको उत्साह झन् बढाएको छ। गंगाको सफलतामा श्रीमान् रुद्रबहादुर पुनले पनि निरन्तर साथ दिँदै आएका छन्, जसले बाख्रा चराउनेदेखि घाँस काट्ने काममा सहयोग गरिरहेका छन्।

गंगाको सफलताको प्रभाव गाउँकै महिलामध्ये झन् व्यापक रूपमा देखिन थालेको छ। लमही–९ रिहारस्थित कर्मठ महिला सामाजिक उद्यमी सहकारीका व्यवस्थापक हेमनारायण चौधरीका अनुसार हाल सहकारीका १२०० सदस्य मध्ये ३२६ जना महिलाले बाख्रापालनलाई व्यवसायिक रूपमा अघि बढाउँदै छन्। सहकारीले महिलालाई ऋण, तालिम तथा सरकारी कार्यक्रमका अनुदानमा सहयोग गर्दै आएको छ। धेरै महिलासँग धितो राख्ने जग्गा नहुँदा सहकारीले नै जमानी बसेर बैंकबाट ऋण निकालिदिने गरेको जानकारी चौधरीले दिए।

कर्मठ सहकारी संस्थाका अध्यक्ष देबीमाया थापाले संस्थामा आवद्ध महिलालाई तीन देखि चार बाख्रा उपलब्ध गराइ आर्थिक सक्रियता बढाइएको बताइन्। सहकारीले महिलाले उत्पादन गरेका खसी–बोका आफैले खरिद गर्ने व्यवस्था मिलाएर बजारको समस्यासमेत समाधान गर्दै आएको छ। आर्थिक वर्ष २०७८/०८२ मा मात्र सहकारीले २ हजार ८३ वटा खसी–बोका खरिद गरेको थियो, जसबाट तीन करोड ५७ लाखभन्दा बढी आम्दानी भएको थापा बताउँछिन्। सहकारीले काठमाडौँ, बुटवल, घोराही, तुलसीपुरलगायत स्थानका व्यापारीलाई खसी–बोका आपूर्ति गर्दै आएको छ।

यसै वर्ष बारबर्दिया नगरपालिकालाई २७८ माउ बाख्रा २५ लाखको टेन्डरमार्फत बिक्री गरिएको थियो। बचत तथा ऋण सेवा, मल तथा तरकारी खरिद–बिक्री, बाख्रा दानाको बजार व्यवस्थापन, घाँसको बिउ वितरणदेखि पशु बीमा जस्ता सेवामा सक्रिय सहकारीले दर्जनौं महिलालाई आत्मनिर्भर बनाउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?