Butwal Today

पूर्व सांसद गंगा थारु आफ्नै गाउँमा कुटिइन्

१३ मंसिर २०८२, शनिबार
अ+
अ-

लमही, १३ मङ्सिर ।

पूर्व सांसद गंगा थारु आफ्नै गाउँमा कुटिएकी छिन् । बाटो सम्वन्धी विवादको क्रममा उनीमाथि उनकै गाउँले महिलाहरुले कुटपिट गरेको बताइएको छ ।

दाङको राप्ती गाउँपालिका–७ छोट्की सिसहनियाँमा छलफलको क्रममा थारु एक महिलामाथि जाइलागेपछि पूर्व सांसद थारुमाथि अन्य महिलाले लछारपछार गर्दै कुटपिट गरेका हुन् ।

आफ्नै गाउँमा कुटिएपछि पूर्वसांसद् गंगा थारू सत्गाँवाले भनिन्, ’माओवादी कार्यकर्ताले कुटेका हुन्, मैले चिनेको छु सबैलाई, बाटोमा समस्या समाधान गर्न गएकी थिएँ, घुँडामा चोट लागेको छ, मंगलसुत्र लुटेर लगेका छन् । प्रहरी चौकी सिसहनियामामा उजुरी दिएकी छु ।’