ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

शीत भण्डार निर्माणमा अन्तिम पटक म्याद थप

१३ मंसिर २०८२, शनिबार
१३ मंसिर २०८२, शनिबार

पाल्पा ।

पाल्पा जिल्लाको सबैभन्दा पुरानो र लामो समयदेखि अधुरो रहँदै आएको तानसेन–बाँधखोरस्थित शीत भण्डारको निर्माण कार्य पूरा गर्न नगर सरकारले अन्तिम पटक म्याद थप गरेको छ। भारतीय सरकारको सहयोगमा निर्माण भइरहेको यो परियोजना वर्षौदेखि रोकिँदै आएको थियो।

२०६९ फागुन २३ गते चार करोड ९९ लाख १९ हजार रुपैयाँ लागतमा दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित शीत भण्डार निर्माणको जिम्मा जय रक्तकाली गोरखा कन्स्ट्रक्सनले पाएको थियो। तर, एक तला छत ढलान गरेपछि निर्माण कम्पनीले काम रोकिदिएपछि परियोजना लामो समय अधुरो रह्यो।

राजमार्गबाट दुई किलोमिटर भित्र पहुँचमार्ग निर्माणपछि केही समय काम अगाडि बढे पनि भारतीय पक्षबाट रकम रोकिएपछि निर्माण कम्पनीले पुनः काम स्थगित भएको जनाएको थियो। लामो अलमलपछि नगर सरकारले ठेक्का तोडेर साझेदारी कम्पनीमार्फत काम अघि बढाएको हो।

नगर प्रमुख इन्जिनियर रामप्रसाद श्रेष्ठका अनुसार हाल पूर्वाधार निर्माण सकिएको छ र केवल भित्रका विद्युतिय उपकरण जडान गर्ने काम मात्र बाँकी छ। यही संवेदनशील उपकरण जडानका कारण पुष मसान्तसम्म अन्तिम पटक म्याद थपिएको उनले बताए।

निर्माण कम्पनीका प्रतिनिधि रामचन्द्र भटले प्रारम्भिक अवस्थामा नै बिल भुक्तानी प्रक्रिया कडाइका कारण काम प्रभावित भएको दाबी गरे।

पाल्पा जिल्लामा पछिल्लो केही वर्षयता सुन्तला उत्पादनले व्यावसायिक रूप लिइरहेको छ। तर, शीत भण्डार निर्माण अधुरै रहेकाले किसान हरेक वर्ष जथाभावी बिक्री गर्न बाध्य छन्।
किसान खिमानन्द पोखरेल भन्छन्, “शीत भण्डार तयार भएको भए अहिले हाम्रो सुन्तला त्यहीँ भण्डारण हुन्थ्यो। हरेक वर्ष जस्तै यो वर्ष पनि हामीलाई निराश हुनुपर्‍यो।”

शीत भण्डार निर्माण कहिले पूरा हुने भन्ने प्रश्नमा किसानदेखि उपभोक्ता सबैको चासो बढिरहेको छ। नगर सरकारका अनुसार यो म्याद अन्तिम भएकाले यसपटक काम पूरा गरेर सञ्चालनमा ल्याइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?