Butwal Today

चौतारीद्वारा वित्तीय साक्षरता-महिलालाई आत्मनिर्भर बनाउने अभियान

१३ मंसिर २०८२, शनिबार
अ+
अ-

चन्द्राैटा, १३ मंसिर ।

आरम्भ चौतारी लघुवित्तीय वित्तीय संस्थाकाे शिवराज शाखाले वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

“वित्तीय ज्ञान उज्ज्वल भविष्यकाे पहिचान आरम्भ चाैतारीकाे अभियान” भन्ने उद्देश्यले कपिलवस्तुको शिवराज नगरपालिका-५, चन्द्राैटामा शुक्रबार कार्यक्रम गरिएको हाे ।

शिवराज नगरपालिका-१ का वडा अध्यक्ष खिम बिक्रम केसीले संस्थाबाट लिएकाे ऋण आयआर्जन मूलक कार्यमा लगानी गर्न आग्रह गरे ।

उनले भने : “लघुवित्तबाट प्राप्त ऋणको सही उपयोग गर्न सके महिलाहरू आर्थिक रूपमा सबल बन्न सक्छन् । ऋण लिने मात्रै होइन, त्यसलाई उपयुक्त क्षेत्रमा लगानी गर्नु आजको आवश्यकता हो ।

आम्दानी बढाउने सीप, उत्पादन तथा सेवा आधारित उद्यममा जोड दिन सके घर-परिवारदेखि समाजको समग्र आर्थिक उन्नति सम्भव छ ।”

कार्यक्रममा वित्तीय सचेतना, बचत, लगानी तथा आर्थिक व्यवस्थापनका विषयमा जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा बाेल्ने अधिकांश वक्ताहरूले महिला समूहलाई आत्मनिर्भर बन्न नियमित बचत र योजनाबद्ध खर्चको महत्वबारे सुझाव व्यक्त गरे ।

उनीहरुले यस्ता कार्यक्रमले स्थानीय समुदायमा वित्तीय शिक्षा र व्यवहारिक ज्ञान अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

केन्द्रीय कार्यालय का सहायक प्रबन्धक महेन्द्र आचार्यले बचत र ऋण प्रवाह गर्ने कार्य मात्र नभएर सामाजिक उत्तरदायित्व समेत वहन गर्दै संस्थाबाट लिएकाे रकम उत्पादनमूलक गतिविधिमा लगानी गरि राेजगारीसँग जाेडिन उनले आग्रह गरे ।

१०१ केन्द्रकाे सयाैँ सदस्यहरुकाे सहभागिता रहेकाे थियाे ।