ट्रेंडिंग:

>> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो
बेलगामका स्थानीय सरकार

अवण्डा बजेटमा जनप्रतिनिधिको मनमौजी खर्च

१३ मंसिर २०८२, शनिबार
१३ मंसिर २०८२, शनिबार

रोल्पा, १३ मङ्सिर ।

रोल्पाका स्थानीय तहहरूले बजेटको ठुलो हिस्सा अवण्डा राखी मनमौजी खर्च गर्दै आएका छन् ।

बजेट विनियोजनको क्रममा बजेट शीर्षक स्पष्ट नखुलाई अवण्डा राखी मनमौजी खर्च गर्दा पारदर्शितामा समेत प्रश्न उठ्ने गरेको छ । स्थानीय तहका प्रमुख र प्रभावशाली जनप्रतिनिधिहरूको तजबिजबाट खर्च गर्ने गरी यस्ता अवण्डा बजेट विनियोजन गर्ने गरिन्छ ।

आर्थिक वर्ष २०८०/०८१ मा जिल्लाको सुनिल स्मृति गाउँपालिकाले चालु तर्फ अन्य शीर्षक राखी ५ लाख, पत्रपत्रिका सूचना प्रकाशन खर्च शीर्षक राखी १४ लाख ५० हजार विनियोजन गरेको थियो ।

यस्तै करार सेवा शुल्क १ करोड २७ लाख स्थानीय सरकारसँग जनता शीर्षकमा रु १० लाख, उपाध्यक्ष सँग महिला कार्यक्रमका लागी १० लाख, कार्यक्रम खर्च रु ५ लाख, अपाङ्ग घाइते शहीद परिवार लक्षित कार्यक्रम ५ लाख, गर्भवती महिला सँग उपाध्यक्ष कार्यक्रम २ लाख र विविध कार्यक्रम खर्च २९ लाख गरी कुल ३ करोड ३० लाख ५ हजार अवण्डा बजेटको रूपमा राखिएको थियो ।

सो गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा पत्रपत्रिका छपाइ तथा सूचना प्रकाशन/प्रसारण शीर्षकमा १६ लाख ५० हजार, सेवा र परामर्श खर्चमा १० लाख, करार सेवा शुल्क शीर्षकमा १ करोड ४६ लाख बजेट विनियोजन गरेको थियो ।

सो पालिकाले अन्य सेवा शुल्कमा ५ लाख, उपाध्यक्ष सँग महिला कार्यक्रमका तीन वटा शीर्षक राखी क्रमशः ५ लाख ५० हजार, ६ लाख र २ लाख, उपाध्यक्ष सँग विद्यालय कार्यक्रम शीर्षक राखी २ लाख ५० हजार विनियोजन गरेको थियो ।

सो गाउँपालिकाले कार्यक्रम खर्च शीर्षक राखी ५ लाख, विविध कार्यक्रम खर्च शीर्षक राखी ७ लाख, विविध खर्च शीर्षक राखी २२ लाख, अन्य भाडा शीर्षकमा ५ लाख, फर्निचर तथा फिक्चर्स शीर्षक राखी ५ लाख विनियोजन गरेको थियो ।

उसले पुँजीगत परामर्श खर्च शीर्षकमा २० लाख, सडक मर्मत सम्भार शीर्षकमा ३० लाख, बस्ती बस्तीमा अध्यक्ष कार्यक्रमको २ वटा शीर्षकमा १६ लाख, विपद् व्यवस्थापन कोषमा १० लाख, लैङ्गिक हिंसा कोषमा २ लाख र बाल संरक्षण कोषमा २ लाख गरी कुल ३ करोड १७ लाख रुपैयाँ विविध तथा अवण्डा बजेट विनियोजन गरेको थियो ।

यस्तै लुंग्री गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा १ करोड ५० लाखको अवण्डा बजेट पारित गरी खर्च गरेको थियो । उसले अन्य कार्यालय सञ्चालन खर्चतर्फ १० लाख, सेवा परामर्श पुँजीगत तर्फ १ करोड, मर्मत सम्भार कोष तर्फ २० लाख खर्च गरेको थियो ।

सो गाउँपालिकाले मर्मत संरक्षण शीर्षकमा ५ लाख र विविध शीर्षकमा १५ लाख विनियोजन गरेको थियो । उसले अवण्डा शीर्षकमा विनियोजन गरेको बजेट मध्ये मर्मत सम्भार कोषमा २० लाख राखे पनि अरू सबै रकम खर्च गरेको थियो ।

लुंग्री गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा ९७ लाख अवण्डा बजेट विनियोजन गरेको थियो । उसले पत्रपत्रिका छपाई तथा सूचना प्रकाशन प्रसारण खर्च ७ लाख, अन्य कार्यालय सञ्चालन खर्च १० लाख, सेवा र परामर्श खर्च १० लाख, अन्य सेवा शुल्क १ लाख खर्च गरेको थियो ।

सो गाउँपालिकाले उपाध्यक्षसँग विपन्न विद्यार्थी कार्यक्रमका लागी ५ लाख, अतिथि सत्कारका लागि ६ लाख, विविध खर्च शीर्षकमा ८ लाख खर्च गरेको थियो । सो गाउँपालिकाले अवण्डा शीर्षकमा खर्च गरेको अन्य शीर्षकहरूमा विपद् व्यवस्थापन कोष १० लाख, जनता समक्ष गाउँपालिका अध्यक्ष कार्यक्रम ७ लाख, अन्य भाडा ५० हजार, भइपरी आउने चालु खर्च २० लाख रहेको छ ।

यस्तै सो गाउँपालिकाले वडामा जाने बजेट मध्ये वडा नं. १ मा १लाख ५० हजार, वडा नं. २ मा २ लाख ४० हजार, वडा नं. ३ मा १ लाख ५० हजार, वडा नं. ४ मा ३ लाख, वडा नं. ५ मा १ लाख ३० हजार, वडा नं. ६ मा १ लाख ५० हजार र वडा नं. ७ मा १ लाख ६४ हजार विविध शीर्षकमा बजेट विनियोजन गरी अवण्डा बजेट खर्च गरेको थियो ।

जिल्लाको रुन्टीगढी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा ५० लाख अवण्डा बजेट विनियोजन गरेको थियो । उसले विविध खर्च तर्फ १४ लाख ६५ हजार विनियोजन गरेको थियो । यस्तै पुँजीगत तर्फ निर्मित भवनको संरचना सुधार शीर्षकमा १० लाख र मर्मत सम्भार कोषमा २५ लाख विनियोजन गरेको थियो ।

सो गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा २ करोड १० लाख अवण्डा बजेट राखेको थियो । जसमा अतिथि सत्कार शीर्षकमा ६ लाख ११ हजार, जनसम्पर्क विशेष सुविधामा २६ लाख २६ हजार, पत्रपत्रिका तथा सूचना प्रकाशनमा ५ लाख विनियोजन गरेको थियो । उसले अन्य कार्यालय सञ्चालन खर्च ५ लाख, सेवा तथा परामर्श खर्चमा ५ लाख विनियोजन गरेको थियो ।

रुन्टीगढी गाउँपालिकाले करार सेवा शुल्कको तीन वटा शीर्षकमा १४ लाख ८६ हजार, २४ लाख १३ हजार, ६१ लख ८० हजार विनियोजन गरेको थियो । यस्तै विपद् व्यवस्थापन कोषको दुई वटा शीर्षकमा क्रमशः १७ लाख ५० हजार, ५० हजार, विविध खर्चमा २० लाख विनियोजन गरेको थियो । यस्तै, मर्मत सम्भार कोषमा २५ लाख र फर्निचर तथा फिक्चर्समा १० लाख विनियोजन गरेको थियो ।

यस्तै, त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा ७९ लाख बजेट अवण्डा शीर्षक राखी विनियोजन गरेको थियो । उसले विविध खर्च अन्तरगत गाउँपालिकामा १५ लाख ८० हजार र वडा तर्फ ६ लाख ७५ हजार गरी २२ लाख ५५ हजार विनियोजन गरेको थियो । यस्तै वित्रेणी उज्यालो कार्यक्रम शीर्षकमा ५२ लाख ५५ हजार र पुँजीगत तर्फ कालो पत्रे सडक मर्मत शीर्षकमा ४ लाख विनियोजन गरेको थियो ।

सोही गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा २ करोड ७१ लाख बजेट अवण्डा राखी खर्च गरेको थियो । सो गाउँपालिकाले अन्य कार्यालय सञ्चालन शीर्षकमा २ लाख, सेवा र परामर्श खर्च शीर्षकमा ३६ लाख, करार सेवा शुल्कमा १ करोड ७० लाख विनियोजन गरेको थियो ।

उसले अन्य सेवा शुल्कमा ५ लाख, कार्यक्रम खर्च शीर्षकमा ५ लाख, विविध कार्यक्रम खर्च शीर्षकमा ६ लाख, विविध खर्च शीर्षकमा १० लाख ७० हजार विनियोजन गरेको थियो ।

सो गाउँपालिकाले अन्य संस्था सहयोग शीर्षकमा ४ लाख, अन्य भाडा शीर्षकमा १ लाख, भइपरी आउने चालु खर्च शीर्षकमा २४ लाख ३० हजार, विविध खर्च शीर्षकमा ४ लाख ३० हजार, पालिका भरीको सडक मर्मत तथा सफाइ शीर्षकमा ५ लाख र विपद् व्यवस्थापन कोषमा २ लाख विनियोजन गरेको थियो ।

यस्तै, जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा ४ करोड १६ लाख अवण्डा बजेट विनियोजन गरेको थियो । उसले चालु अवण्डा तर्फ ३६ लाख, पुँजीगत अवण्डा तर्फ ३ करोड १८ लाख र कोषमा रहने ६२ लाख अवण्डा बजेट विनियोजन गरेको थियो ।

रोल्पा नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा ३ करोड १२ लाख अवण्डा बजेट विनियोजन गरेको थियो । उसले सो वर्ष कृषि विविध शीर्षकमा ५ लाख, स्वास्थ्य विविध शीर्षकमा १ लाख १० हजार, पुँजीगत अनुसन्धान तथा परामर्श शीर्षकमा १६ लाख, मर्मत सम्भार/अन्य विविध शीर्षकमा १० लाख विनियोजन गरेको थियो ।

]उसले पुँजीगत सुधार/अन्य आकस्मिक कोषमा ५० लाख, पशु विविध शीर्षकमा ३ लाख, प्रकोष व्यवस्थापन कोषमा ११ लाख अवण्डा विनियोजन गरेको थियो । रोल्पा नगरपालिकाले विविध खर्च शीर्षकमा १० लाख, सेवा तथा परामर्श शीर्षकमा १० लाख, अन्य भाडा शीर्षकमा ५ लाख र करार सेवा शुल्कमा १ करोड ४७ लाख विनियोजन गरेको थियो ।

रोल्पा नगरपालिकाले वडामा जाने बजेट मध्ये वडा नंं १ मा वडाभरीको सडक मर्मत शीर्षकमा ४ लाख, पँुजीगत परामर्श सेवामा १ लाख र विधिव/अन्य खर्च शीर्षकमा १ लाख अवण्डा विनियोजन गरेको थियो ।

वडा नं. २ मा वडा भरीको बाटो मर्मत शीर्षकमा ५ लाख र विविध खर्च शीर्षकमा १ लाख अवण्डा राखेको थियो । नगरपालिकाले वडा नं. ३ मा वडाभरीको सडक मर्मत शीर्षकमा २ लाख र वडाभरीको विद्यालय मर्मत शीर्षकमा ४ लाख अवण्डा विनियोजन गरेको थियो ।

नगरपालिकाले वडा नं. ४ मा वडा भरिको सडक मर्मत शीर्षकमा ३ लाख र विविध शीर्षकमा २ लाख अवण्डा राखेको थियो । वडा नं. ५ मा वडाभरीको मोटरवाटो मर्मत शीर्षकमा ३ लाख र विविध शीर्षकमा २ लाख अवण्डा राखेको थियो ।

यस्तै वडा नं. ८ मा वडाभरीको बाटो मर्मत शीर्षकमा ९ लाख अवण्डा राखेको थियो । वडा नंं.९ मा मोटर बाटो मर्मत शीर्षकमा ४ लाख अवण्डा राख्दा वडा नं. १० मा वडाभरीको बाटो मर्मत शीर्षकमा ६ लाख र विविध शीर्षकमा १ लाख ८ हजार अवण्डा बजेट विनियोजन भएको थियो ।

जिल्लाका बाँकी ५ स्थानीय तहहरू माडी गाउँपालिका, गङ्गादेव गाउँपालिका, परिवर्तन गाउँपालिका, थवाङ गाउँपालिका र सुनछहरी गाउँपालिकाले समेत ठुलो मात्रामा अवण्डा बजेट विनियोजन गरिरहेका छन् । जिल्लाका सवै स्थानीय तहहरूले यस ठुलो मात्रामा अवण्डा बजेट राखी मनमौजी खर्च गर्दै आएका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ ले स्थानीय आर्थिक अवस्था समेतको आधारमा बजेट तथा कार्यक्रमको प्राथमिकीकरण गरी श्रोत अनुमानको सीमा निर्धारणका आधारमा बजेट अवण्डा नराखी आयव्ययको अनुमान पेस गर्ने व्यवस्था गरेको छ ।

ऐनको सो व्यवस्था विपरीत रोल्पाका स्थानीय तहहरूले बजेटको ठुलो हिस्सा अवण्डा राखी मनमौजी खर्च गर्दै आएको नागरिक अगुवा तीर्था आचार्यको भनाई छ ।

बजेटलाई अवण्डा राखेर आफू अनुकूल खर्च गर्ने कार्यले कार्यक्रमको विश्वसनीयता र पारदर्शितामा समेत प्रश्न उठाएको आचार्यको भनाइ छ । जिल्लाका केही स्थानीय तहहरूमा अध्यक्ष र उपाध्यक्षको नाममा नै अवण्डा बजेट राखी खर्च गरेको देखिन्छ, यो सरासर गलत परम्परा हो उनले भनिन ।

महालेखा परीक्षकको कार्यालयले समेत यसरी विविध र अवण्डा राखी बजेट खर्च गर्ने पद्धति माथि प्रश्न उठाएको छ । उसले विविध खर्च लेख्दा उक्त खर्चको प्रयोजन खुल्ने गरी गर्नुपर्नेमा त्यसो नभएको बताएको छ । यस्तै, अवण्डा शीर्षक राखी खर्च गर्ने कार्यलाई वित्तीय अनुशासन र पारदर्शिता कायम नभएको भनी टिप्पणी गरेको छ ।

वर्षान्तमा रकमान्तर र स्रोतान्तर: बजेट दुरुपयोगको जोखिम
आर्थिक वर्ष २०८०/०८१ मा जिल्लाको सुनिलस्मृती गाउँपालिकाले ४३ योजनाको लागी विनियोजित भएको २ करोड ६१ लाख ३० हजार बजेटबाट ६५ योजना थप गरी ३ करोड २६ लाख ३० हजार बजेट वर्षान्तमा रकमान्तर वा स्रोतान्तरण गरेको थियो ।

परिवर्तन गाउँपालिकाले ३७ योजनाका लागी विनियोजन भएको २ करोड १६ लाख ८७ हजार बजेटबाट ७१ योजना थप गरी २ करोड २६ लाख ३८ हजार बजेट वर्षान्तमा रकमान्तर तथा स्रोतान्तर गरेको थियो ।

त्यस्तै, गङ्गादेव गाउँपालिकाले २१ योजनाका लागि विनियोजन भएको रकम १ करोड ८६ लाख ७२ हजार घटाएर ६१ योजनाका लागि ५ करोड ५१ लख ६८ हजार बजेट रकमान्तर तथा स्रोतान्तर गरेको थियो ।

सुनछहरी गाउँपालिकाले ३६ योजनाका लागि विनियोजित भएको १ करोड ५१ लख ५० हजार बजेटबाट ३९ योजना थप गरी १ करोड ५१ लाख ५० हजार बजेट हिउँदे सभाले रकमान्तर तथा स्रोतान्तर गरेको थियो ।

जिल्लाकोरुन्टीगढी गाउँपालिकाले ७२ योजनाका लागि विनियोजन भएको २ करोड २५ लाख ८४ हजार घटाएर १२९ योजनामा २ करोड ८८ लाख ८४ लाख बजेट वर्षान्तमा रकमान्तर तथा स्रोतान्तर गरेको थियो ।

माडी गाउँपालिकाले ७८ योजनाका लागि विनियोजन भएको बजेट २ करोड ५७ लाख १ हजार बजेट घटाएर ७५ योजनामा २ करोड ५७ लाख १ हजार बजेट वर्षान्तमा रकमान्तर तथा स्रोतान्तर गरेको थियो । त्रिवेणी गाउँपालिकाले ७६ योजनाका लागि विनियोजन भएको २ करोड ४२ लाख ९ हजार बजेट घटाएर १४० योजनाका लागि ४ करोड १८ लाख बजेट वर्षान्तमा रकमान्तर तथा स्रोतान्तर गरेको थियो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७३ मा खर्च गर्ने अख्तियारी र कार्यविधि सम्बन्धी व्यवस्था उल्लेख गरेको छ । सोही नियमको उपनियम ७ बमोजिम कार्यपालिकाले सभाबाट स्वीकृत बजेट सीमा र कार्यक्रम शीर्षक बाहिर खर्च गर्न नपाउने व्यवस्था छ ।

कानुनले गरेको व्यवस्था विपरीत गई वर्षान्तमा बजेट रकमान्तर र स्रोतान्तर गर्ने कार्यले बजेट सदुपयोग नहुने जोखिम बढ्दै गएको महालेखा परीक्षकले औँल्याएको छ ।

वार्षिक बजेटको ठुलो हिस्सा अवण्डा राख्ने र वर्षान्तमा बजेट रकमान्तर र स्रोतान्तर गर्ने कार्यले शंका उब्जाएको नागरिक अगुवा तीर्था आचार्यको भनाइ छ ।

सहभागितामूलक ढङ्गले बजेट विनियोजन गर्नु पर्नेमा प्रभावशाली जनप्रतिनिधिहरूले मनमौजी खर्च गर्न यस्ता शीर्षक राखी बजेट विनियोजन गर्ने परम्परा बढ्दै सुशासनको दृष्टिले राम्रो होइन आचार्यले भनिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?