© २०२३
सुर्खेत,१३ मंसिर ।
शुक्रवार राती सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको मृत्यु भएपछि उनका आफन्तले वीरेन्द्रनगरमा आन्दोलन गरेका छन् ।
आज बिहानबाट आन्दोलन सुरु गरेका उनीहरुले वीरेन्द्रनगरका मुख्य चोकमा विरोध प्रद्र्धशन गरेका छन् । घटनाको उचित छानबिनको माग गर्दै आफन्तहरूले वीरेन्द्रनगरको मुलपानीचोक र एरिचोक लगायतका क्षेत्रमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण सवारी आवागमनमा समेत समस्या भएको छ ।
गए राति वीरेन्द्रनगर नगरपालिका–२ स्थित वडा कार्यालय अगाडि मुलपानीबाट भुरेलीतर्फ जाँदै गरेको २३ वर्षीय यामबहादुर शाहीले चलाएको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकल र पत्रकार आचार्य सवार लुम्बिनी ३६ प ३८८६ नम्बरको स्कुटर एकापसमा ठोक्किएका थिए ।
दुर्घटनामा ३४ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए । प्रहरीले उनलाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा मोटरसाइकल चालक शाही पनि घाइते भएका छन् ।
उनको टाउको र शरीरका विभिन्नभागमाचोट लागेको र अवस्थामध्यम रहेको प्रहरीले जनाएको छ । मृतक पत्रकार आचार्यका आफन्तहरूले आवश्यक अनुसन्धानको मागगर्दै बिहानैदेखि आन्दोलन चर्काएका हुन् ।