Butwal Today

दाङमा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 

१३ मंसिर २०८२, शनिबार
अ+
अ-

दाङ,१३ मङ्सिर ।

दाङमा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पिकअप भ्यानको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टीका २६ वर्षीय केदार केसीको मृत्यु भएको हो ।

घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत घोराही–१० पशुपति बोर्डिङ नजिकै हिजो (शुक्रबार) साँझ ६ बजेतिर तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लु १ ज ६२५८ नम्बरको पिकअप भ्यानले विपरीत दिशाबाट आउँदै गरेको केसी सवार रा २ प ११५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

ठक्कर दिने पिकअप भ्यानका चालक र भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक  चक्रबहादुर शाहले जानकारी दिए । शवलाई पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको  छ  ।