ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

जब शिक्षक, विद्यार्थी र अभिभावक एउटै थलोमा भेटिए !

१२ मंसिर २०८२, शुक्रबार
१२ मंसिर २०८२, शुक्रबार

नेपालगञ्ज, १२ मंसिर ।

बाँकेको राप्तीसोनारी गाउँपालिका ६ मा यस वर्ष शिक्षाको गुणस्तर उकास्ने अर्को प्रयास गरिएको छ । शिक्षक, विद्यार्थी र अभिभावकलाई एउटै थलोमा राखेर ‘उत्प्रेरणा कार्यक्रम’ सहित निकै अलग, अर्थपूर्ण र भावनात्मक प्रयास गरिएको हो ।

वडा नम्बर ६ को शिक्षा समितिले कमैयाडाँडास्थित खेलमैदानको खुला आकाशमुनि आयोजना गरेको कार्यक्रमले बिहीबारको दिनलाई नै प्रेरणाको रंगमा रंगाइदिएको आभाष भएको कार्यक्रममा सहभागीले बताए । शिक्षा क्षेत्रका ख्यातिप्राप्त मोटिभेसनल स्पीकर क्षेत्रप्रसाद ज्ञवालीको जादुमय शब्द, अनुभव र जीवनदर्शनले सहभागीहरूका मनमा ऊर्जा भरिदिएको एक अभिभावकहरुले बताए ।

उत्प्रेरक वक्ता ज्ञवालीले विद्यार्थीलाई केवल पढाइमा मात्र होइन, संस्कार र असल बानीमा पनि उत्तिकै ध्यान दिनुपर्छ भन्दै मन छुने सन्देश दिए । बच्चाले बोल्ने भन्दा देखेर सिक्ने भएकाले अभिभावक र शिक्षक दुवैको व्यवहारमै शिक्षा लुकेको हुन्छ भन्दै उनले बलियो प्रेरणा जगाए । झुटो नबोल्ने बानी, जंकफुडबाट टाढा रहने, मोबाइलको दुरुपयोग नगर्ने, असल साथी रोज्ने, जस्ता मूलभूत अनुशासनलाई जीवन सफलताको आधार रहेको उनले बताए ।

उनका तीव्र भावनात्मक उदाहरण र जीवनकथाले धेरै अभिभावक, शिक्षक र विद्यार्थीहरूले आँसु झारे । करिब तीन घण्टासम्म उनी बोलिरहँदा मैदानमाथि शान्त र गहिरो अनुभूति छायो । कार्यक्रममा राप्तीसोनारी–६ का ३ माध्यमिक, ५ सामुदायिक र ३ संस्थागत गरी ८ विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक गरी करिब २ हजार जनाको सहभागिता थियो । शिक्षा क्षेत्रमा यस्तो विशाल संख्याको संयुक्त जमघट दुर्लभ मानिन्छ ।

कार्यक्रमका अध्यक्ष तथा वडा नम्बर ६ का वडा अध्यक्ष लवराज खरेलले शिक्षामा गुणस्तर वृद्धि शिक्षक, अभिभावक र विद्यार्थी—यी तीन पक्षको त्रिकोणीय सहकार्यबाट मात्र सम्भव हुने बताए । उनले भने, “सबैलाई जवाफदेही र सक्रिय बनाउने नै आजको उद्देश्य हो । गुणस्तरीय शिक्षा अब हाम्रो साझा प्रतिवद्धता हो ।”

प्रमुख अतिथि तथा राप्ती सोनारी वडा नम्बर ७ का अध्यक्ष रामलखन थारुले पनि शिक्षालाई मजबुत बनाउन विद्यार्थी, शिक्षिक र अभिभावकको एकीकृत प्रयास अपरिहार्य रहेको बताए । उनका अनुसार, प्रतिनिधि, शिक्षक, विद्यार्थी र अभिभावक एउटै गतिमा नचलेसम्म वास्तविक सुधार सम्भव हुँदैन । यसरी, राप्तीसोनारीमा गरिएको यो संयुक्त उत्प्रेरणा कार्यक्रमले केवल विद्यार्थीलाई मात्र होइन, अभिभावक र शिक्षकलाई पनि आत्मविश्लेषण र नयाँ संकल्पको बाटो देखाइदिएको कार्यक्रममा सहभागीहरुले अनुभव सुनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?