© २०२३
पाल्पा, १२ मङ्सिर ।
तानसेन नगरपालिकाले जनताप्रति जबाफदेही र पारदर्शी शासन व्यवस्था कायम गर्ने उद्देश्यका साथ कार्यपालिकाका निर्णयहरू सार्वजनिक गरेको छ ।
नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमार्फत विविध विकास योजनाको समीक्षा, शिक्षक अभाव समाधान, ठेकेदारको काममा ढिलाइ, र सार्वजनिक खरिद प्रक्रियासम्बन्धी विषयमा महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको हो ।
नगर प्रवक्ता यादवसिंह कार्कीका अनुसार पारदर्शिता र सुशासनलाई मजबुत बनाउँदै प्रत्येक बैठकमा भएका निर्णयहरू नगरवासीलाई जानकारी गराउँदै जाने नीति नगरपालिकाले अपनाएको छ ।
कार्कीका अनुसार आर्थिक वर्ष २०८२र८३ का विभिन्न पूर्वाधार निर्माण योजना तोकिएको समयमा सम्पन्न हुन नसकेको चार प्रमुख ठेक्का योजनामा अधिकतम २०० दिनसम्म समय थप गरिएको छ । जसमध्ये सडक सुदृढीकरण, ढलान सुधार, नाली तथा भवन आसपासको सडक निर्माण लगायतका योजना रहेका छन् ।
नगरपालिकाले ढिलाइका कारण परियोजनाहरू प्रभावित भएको जनाउँदै जिम्मेवार ठेकेदारलाई तोकिएको समय भित्रै काम सम्पन्न गर्न कडाइका साथ निर्देशन दिएको नगर प्रवक्ता कार्कीको भनाई छ ।
केही ठेक्का कम्पनीहरूले सम्झौताअनुसार काम समयमा सम्पन्न नगरेको कारण सार्वजनिक खरिद नियमावलीअनुसार कालोसूची प्रक्रियामा लैजाने तयारी समेत भएको कार्कीले बताए । यसअघि योजनामा अनावश्यक ढिलाइ र जनहितमा बाधा पु¥याएको आरोपमा ठेकदारहरूलाई चेतावनी समेत दिइएको थियो ।
यसै गरी नगरका सार्वजनिक विद्यालयहरूमा देखिएको गणित, अङ्ग्रेजी र विज्ञान शिक्षकको अभाव समाधान गर्न आवश्यक दरबन्दी मिलान तथा शिक्षक व्यवस्थापन गर्न शिक्षा शाखालाई नगरपालिकाले निर्देशन दिएको छ ।
यसले विद्यार्थीहरूको सिकाइ प्रभावमा सुधार ल्याउने अपेक्षा गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । तानसेन नगरपालिकालाई जनताप्रति उत्तरदायी बनाउँदै लैजाने तयारीमा रहेको नगरपालिकाले भू–उपयोग नीति २०७९ अनुसार विकास योजना तयार गर्न निर्देशन, उद्यमशीलता तथा रोजगारी वृद्धि कार्यक्रमलाई कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
नगरपालिकाले विकास निर्माणमा देखिएका कमजोरी हटाउँदै पारदर्शी, उत्तरदायी र जनमुखी प्रशासन स्थापना गर्ने लक्ष्यअनुसार निर्णयहरू सार्वजनिक गरेको उल्लेख गरेको छ । नगर प्रवक्ता कार्कीका अनुसार, “जनतासमक्ष प्रतिबद्धता जनाउ‘दै प्रत्येक कार्यमा पारदर्शिता कायम राख्ने तानसेन नगरपालीको प्राथमिकता रहेको छ ।