© २०२३
बुटवल, १२ मंसिर ।
बुटवलको हस्पिटल लाइन, भुड्की चोक क्षेत्रमा ब्यवसाय गर्दै आएको ब्यवसायीहरुले आफुहरुलाई सडक स्वरोजगार मजदुरका रुपमा पहिचान दिनुपर्ने माग राखेका छन् । स्वदेशमा नै सानो लगानीमा डोकोमा ब्यापार गर्दै आएका उनीहरुले स्वरोजगार मजदुरको ब्यवस्थापन सरकारको जिम्मेवारी भएको दाबी गरे ।
शुक्रबार बुटवलमा सडक स्वरोजगार मजदुर संघको तदर्थ समिति गठन समेत गरेका छन् । ब्यवसायी इन्द्र नेपालीको अध्यक्षतामा १४ सदस्यीय समिति गठन गरेका हुन् । जसको उपाध्यक्षमा कमला क्षेत्री र सुबोध जिसी, कोषाध्यक्ष राधिका नेपाली, सचिव किरण रासकोटी, सहसचिव बल बहादुर नेपाली, सदस्य माया राना, ओम बहादुर झेडी, नर्मता टण्डन, टिका श्रीस, शर्मिला सुनार, निरा श्रेष्ठ, मोतीलाल बिक, भिम पोखरेल रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष इन्द्र नेपालीले ठुलो लगानी गरेर ब्यवसाय गर्नसक्ने क्षमता नभएको हुँदा नै आफूहरु सडकमा आएको भन्दै आफ्ना समस्याहरु स्थानीय सरकारसंग जानकारी गराउने समेत बताए ।
भेलाबाट संगठित सडक मजदुरहरुले एकतावद्ध भई कमी कमजोरी सुधार गर्दै जाने प्रतिवद्घता जनाएका छन् । मुल बाटो छोडेर भित्रिबाटोमा बस्ने, ब्यवसायीहरुबिचमा दूरी कायम राख्ने, सडकमा सामान स्टक नगर्ने, सडकमा ठेला नराख्ने, डोकोमात्र प्रयोग गर्ने पेटीमा पसल थापेर ब्यवसाय नगर्ने, कम तौल, समय तालिका अनुसार बस्ने, अस्वास्थ्य प्रतिस्प्रर्धा नगर्ने जस्ता रहेका छन् ।