ट्रेंडिंग:

>> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै

सडक अतिक्रमण हटाउँदै नेपालगन्ज उपमहानगर

१२ मंसिर २०८२, शुक्रबार
१२ मंसिर २०८२, शुक्रबार

समाचार सारांशमा


  • नेपालगन्ज उपमहानगरपालिकाले बजार क्षेत्रमा बढ्दै गएको अतिक्रमण हटाउन सोमबारदेखि डोजर अभियान सुरु गर्यो ।

  • अतिक्रमण हटाउन अगाडि–अगाडि सूचना जारी गरिए पनि व्यवसायीहरूले टहरा नहटाएपछि बाध्य भएर डोजर प्रयोग ।

  • अपाङ्गमैत्री मार्ग निर्माण परियोजना अघि बढाइरहेको, ४९ लाख रुपैयाँको ठेक्का सम्झौता भएको जानकारी ।


 

 

बाँके, १२ मङ्सिर । 

नेपालगन्ज उपमहानगरपालिकाले लामो समयदेखि बजार क्षेत्रमा बढ्दै गएको अतिक्रमण अन्त्य गर्ने उद्देश्यसहित सोमबारदेखि डोजर अभियान सुरु गरेको छ ।

सार्वजनिक सडक, फुटपाथ र सहरी संरचना अवरुद्ध बनाउने गरी निर्माण गरिएका अवैध टहरा र संरचना हटाउँदै उपमहानगरले बिपी चोकबाट अभियानको औपचारिक सुरुवात गरेको हो ।

उपमहानगरका अनुसार यो प्रक्रिया आकस्मिक रूपमा गरिएको होइन । यसअघि नै अतिक्रमण हटाउन सूचना प्रकाशित गरी व्यवसायी तथा टहरा सञ्चालकलाई पटक–पटक सचेत गराइएको भए पनि पालिकाको निर्देशनलाई बेवास्ता गरेको कारण बाध्य भएर डोजर सञ्चालन गर्नुपरेको बताइएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले बजार क्षेत्रलाई व्यवस्थित, सुरक्षित र सबै वर्गका नागरिकका लागि सहज बनाउने उद्देश्यले अपाङ्गमैत्री मार्ग निर्माणको काम अघि बढाइरहेको छ ।यसैका लागि ४९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको उपमहानगरका मेयर प्रशान्त विष्टाले जानकारी दिए ।

उनका अनुसार बजार क्षेत्रमा सडक छेउका टहरा तथा अवरोधकारी संरचनाले हिँडडुलका लागि समस्या सिर्जना गर्दै आएका थिए । ‘‘नेपालगन्जलाई सहरी व्यवस्थापनको आदर्श नमुना बनाउन हामीले अपाङ्गमैत्री सडक निर्माणको परियोजना अघि बढाएका छौँ,’’ मेयर विष्टाले भने, ‘‘तर सार्वजनिक सूचना जारी गर्दा पनि अतिक्रमण हटाउन व्यवसायी गम्भीर नभएपछि डोजर प्रयोग गर्नुपरेको हो ।’’

उपमहानगरका प्रमुख प्रशासनिक अधिकृत रामहरि शर्माका अनुसार पालिकाले पटक–पटक सूचना जारी गरी टहरा हटाउन समय दिएको थियो । “हामीले कानुनी प्रक्रिया पूरा गरेर, व्यवसायीलाई पर्याप्त समय दिएर मात्र अतिक्रमण हटाउने काम सुरु गरेका हौँ,” अधिकृत शर्माले भने, “तर सूचना बेवास्ता गरेपछि उपमहानगरले डोजर चलाएरै हटाउनुपर्ने अवस्था आयो ।”

उनका अनुसार विकासका योजनामा अवरोधका रूपमा रहेका संरचना हटाउन पालिका प्रतिबद्ध छ । पालिकाले सहरी सौन्दर्य, यातायात सहजता तथा सार्वजनिक सुरक्षालाई प्राथमिकतामा राख्दै अतिक्रमण मुक्त अभियानलाई निरन्तरता दिने बताएको छ ।

आज पहिलो दिन उपमहानगरले अटेरी गर्दै नहटाएका व्यवसायीका टहराहरूमा डोजर पु¥याएको हो । उपमहानगर नगर प्रहरी इन्चार्ज सूर्य बोगटीका अनुसार, हिजो आजको सूचना मात्र होइन, लामो समयदेखि बारम्बार सचेत गराउँदा पनि केही व्यवसायीले टहरा हटाउन अस्वीकार गरेका कारण बाध्य भएर डोजर चलाइएका हुन् ।

उनले भने, ‘‘हामीले अझ २४ घण्टा समय दिएका छौँ । जसले स्वेच्छाले हटाउँछन्, तिनलाई सहजीकरण गर्छौँ । तर भोलिसम्म पनि नहटाए उपमहानगरले स्वयं हटाउनेछ ।’’

बोगटीका अनुसार अतिक्रमण हटाउने क्रममा कुनै व्यवसायीलाई अनावश्यक दुःख नहोस् भन्ने उद्देश्यले आज अभियान पहिलो चरणमा मात्रै सीमित गरिएको थियो । उपमहानगरका कर्मचारी, नगर प्रहरी र स्थानीय जनप्रतिनिधिको उपस्थितिमा प्रक्रिया शान्तिपूर्ण रूपमा अघि बढाइएको थियो ।

नेपालगन्ज उपमहानगरले कात्तिक ११ गतेदेखि १५ गतेसम्म बिपी चोकदेखि धम्बोजी चोकसम्म अतिक्रमण हटाउने कार्य गर्ने निर्णय गरेको छ । यसपछि कात्तिक १६ गतेदेखि २० गतेसम्म धम्बोजीदेखि पुष्पलाल चोक सम्म सोही अभियान निरन्तरता दिइनेछ ।

यो अभियानलाई उपमहानगरले ‘क्लिन–अप सहरी व्यवस्थापन कार्यक्रम’ का रूपमा अघि बढाएको छ । बजार क्षेत्रमा भिडभाड, पैदल यात्रुका लागि ठाउँको अभाव, सडक छेउ अवैध ओछ्यान तथा व्यावसायिक टहरा फैलिनुले सहरको सौन्दर्य र यातायात दुवै प्रभावित हुँदै आएको छ ।

पालिकाले यस पटकको अतिक्रमण हटाउने अभियानलाई अन्तिम चेतावनीका रूपमा लिएको छ । भविष्यमा यसरी सार्वजनिक सम्पत्ति अवरुद्ध गर्ने प्रवृत्तिलाई कठोर रूपमा नियन्त्रण गरिने पालिकाले सङ्केत गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको सक्रियतापूर्ण कदमले बजार क्षेत्रको भौतिक व्यवस्थापनमा केही सकारात्मक प्रभाव पारेको छ । तर स्थानीय तहमा भइरहेका यस्ता अभियान सफल हुनका लागि नागरिक, व्यवसायी र स्थानीय समूहको सहयोग अनिवार्य हुने विशेषज्ञको मत छ ।

नेकपा एमाले, काँग्रेस तथा विभिन्न दलका स्थानीय नेताबाट पनि बजार व्यवस्थापनमा सहयोगका लागि अपिल गर्दै आएका छन् । उपमहानगरले सडक विस्तार, बाटो मर्मत सम्भार तथा फोहोर व्यवस्थापनमा समेत नागरिकको सक्रियतापूर्ण सहयोग आवश्यक रहेको जनाएको छ ।

एकातिर केही व्यवसायीले उपमहानगरको निर्णयलाई समर्थन जनाए पनि अटेरी गर्ने समूहले आफूहरूलाई पूर्व तयारीको समय नदिएको आरोप लगाएका छन् । तर उपमहानगरले एक महिनादेखि सूचना जारी गर्दै आएको प्रमाण प्रस्तुत गरेको छ ।

सार्वजनिक ठाउँ निजी स्वार्थका लागि प्रयोग गर्नु गलत भएकाले उपमहानगरको कदम उचित भएको नागरिक समाजले पनि जनाएको छ । डोजर अभियान सुरु भएपछि सडक छेउ र फुटपाथ केही खुला देखिएका छन् ।

नेपालगन्जलाई सुन्दर, सुरक्षित र सभी वर्गका नागरिकका लागि पहुँचयोग्य बनाउने उद्देश्यले उपमहानगरले सहरी व्यवस्थापनलाई प्राथमिकतामा राखेको स्पष्ट देखिन्छ ।

बिपी चोकदेखि धम्बोजी हुँदै पुष्पलाल चोकसम्मको मुख्य बजार क्षेत्रमा अब अपाङ्गमैत्री संरचना, व्यवस्थित पार्किङ, सुगम पैदल मार्ग र सफा सडकको अपेक्षा गरिएको छ ।

पालिकाले आगामी दिनमा यस्ता अतिक्रमण नदोहोरिन सर्वसाधारणको सहयोग आवश्यक भएको बताउँदै, विकास निर्माणमा अवरोध पु¥याउने कुनै पनि संरचना बिना सूचना हटाइने चेतावनीसमेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?