ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

सङ्घीय सरकारले सहजै अधिकार प्रत्यायोजन गर्नुपर्छ : मुख्यमन्त्री आचार्य

१२ मंसिर २०८२, शुक्रबार
१२ मंसिर २०८२, शुक्रबार

लमही ,१२ मङ्सिर ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीय सरकारले संविधानले दिएको अधिकार प्रदेशलाई सहज रूपमा प्रत्यायोजन गर्नुपर्नेमा जोड दिएका छन्।

शुक्रबार राप्ती उपत्यका (देउखुरी) मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोजना गरेको अन्तर सरकारी समन्वय संयन्त्र, कूटनीतिक मामिला तथा समन्वय परिषद्‌का निर्णय कार्यान्वयन अवस्थामाथि केन्द्रित अन्तरक्रियामा बोल्दै उनले अधिकार हस्तान्तरण नहुँदा प्रदेश सरकारले पूर्ण रूपमा काम गर्न नसकेको टिप्पणी गरे ।

उनका अनुसार सङ्घीय सरकारले प्रदेशमा पठाउने कार्यक्रम र उपलब्ध गराइने बजेटबिच गम्भीर असन्तुलन देखिन्छ । “गत वर्ष खानेपानी शीर्षकमा १४ हजार रुपैयाँको कार्यक्रम आयो, तर त्यो पूरा गर्न तीन करोडभन्दा बढी चाहिन्छ । चार करोडभन्दा धेरै लगानी भइसक्यो, सङ्घीय बजेट भने १४ हजारमै सीमित,” उनले उदाहरण दिँदै भन्नुभयो, “यस्ता विसङ्गतिका कारण कार्यान्वयनमा चुनौती बढ्छ ।”

मुख्यमन्त्री आचार्यले सङ्घीय सरकारले हात हालेका आयोजनाहरू आवश्यक बजेटसहित प्रदेशमा हस्तान्तरण गर्नुपर्नेमा जोड दिए । “बजेट नदिई आयोजना मात्र पठाइएपछि प्रदेशले कसरी काम अगाडि बढाओस् ?” उनले प्रश्न गरे, “बाटो, सिंचाइ, खानेपानीजस्ता क्षेत्रमा यही कारणले समस्या देखा परेका छन् ।”

उनले सङ्घीय वन ऐनका कारण वन क्षेत्रसम्बन्धी अधिकार प्रयोगमा पनि समस्या उत्पन्न भएको बताए । “वनको अधिकार प्रदेशको भनिए पनि मुद्दा हेर्ने अधिकार प्रदेशलाई छैन । हात–खुट्टा बाँधिदिएको जस्तै छ,” उनले भन्नुभयो, “चुनढुङ्गा–गिटीजस्ता खानी क्षेत्रको अधिकार प्रदेशलाई दिइएको भए राजस्व अभाव हुने थिएन । तर सङ्घीय तहले यो पक्षमा ध्यान दिन सकेको देखिँदैन ।”

कर्मचारी व्यवस्थापनसम्बन्धी चुनौतीलाई उनले अर्को ठुलो समस्याका रूपमा प्रस्तुत गरे । “कर्मचारी प्रदेश आएपछि प्रदेशकै रूपमा देखा पर्छन्, तर सङ्घमा फर्किएपछि सङ्घकै सोचमा सीमित हुन्छन् । यही प्रवृत्ति राजनीतिक नेतृत्वमा पनि देखिन्छ,” उनले टिप्पणी गर्नुभयो, “प्रदेशमा हुँदा जोरदार वकालत गर्ने, तर सङ्घीय संरचनामा पुगेर ती कुरा बिर्सने बानीले पनि प्रभाव पारेको छ ।”

मुख्यमन्त्री आचार्यका अनुसार प्रदेश समन्वय परिषद्काले गरेका निर्णय कार्यान्वयनमा प्रदेश सरकार निरन्तर सक्रिय छ । तर सङ्घीय सरकारले पठाउने बजेट कटौती भइरएकाले स्रोतको अभाव बढेको उल्लेख गर्दै  “सङ्घीय सरकारसँग तुलना गर्दा प्रदेशले पुँजीगत खर्चमा राम्रो प्रगति देखाएको छ ।

स्रोत उपलब्ध गराइए हामीले क्षमता प्रमाणित गरिसकेका छौँ । समस्या बजेटकै हो ।” कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव कुमारराज खरेलले कूटनीतिक मामिलाबारे र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव भिष्मकुमार भुसालले प्रदेश समन्वय परिषद् तथा विषयगत समितिसम्बन्धी प्रस्तुति गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?