ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

सेवा प्रवाहलाई सहज बनाउँदै गुल्मी प्रशासन  

१२ मंसिर २०८२, शुक्रबार
१२ मंसिर २०८२, शुक्रबार

गुल्मी, १२ मङ्सिर ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले सेवा प्रवाहलाई सहज, सरल र थप प्रभावकारी बनाउँदै लगेको छ । कार्यालयले सेवाग्राहीहरूको सहजताका लागि वडा तहबाट सिफारिस भई आएका कागजातहरूका लागि थप निवेदन आवश्यक नपर्ने व्यवस्था गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सूचना जारी गरी सेवाग्राहीलाई थप निवेदन लेख्ने झन्झट नहोस् भन्नका लागि जिल्ला प्रशासन कार्यालयमा नयाँ व्यवस्था लागु गरिएको जानकारी गराएका छन् ।

प्रजिअ गैह्रेले प्रशासन कार्यालयमा दैनिक रूपमा धेरै जना सेवाग्राहीहरू निवेदन लेख्नुपर्ने झन्झटका कारण एकातिर समय खर्चिनु पर्ने र अर्कोतिर त्यही निवेदन लेखाउन अन्य व्यक्तिलाई गुहार्नु पर्ने समस्याको अन्त हुने समेत बताए ।

जिल्ला प्रशासन कार्यालयमा दिनहुँ हुने सेवाग्राहीको भीड कम गर्ने उद्देश्यले नयाँ व्यवस्था लागु गरिएको बताइएको छ । अबदेखि वडा कार्यालयबाट आउने सिफारिसमा नै सम्बन्धित विषयको पुष्टि हुने शब्दावली राखेर स्वयं व्यक्तिलाई हस्ताक्षर गराउने व्यवस्था गरिएको छ ।

वडा कार्यालयले दिएको सिफारिसमै ‘उल्लेखित ब्यहोरा ठिक साँचो हो, फरक परेमा प्रचलित कानुन बमोजिम सहुँला बुझाउँला’ भन्ने ब्यहोरा उल्लेख गरी सही–छाप गराएमा अतिरिक्त निवेदन आवश्यक नपर्ने बताइएको छ ।

यसरी वडा कार्यालयमै विषय स्पष्ट भएर आएको अवस्थामा प्रशासन कार्यालयले सोही आधारमा सेवा उपलब्ध गराउने जनाएको छ । यसबाट छिटो सेवा उपलब्ध हुने, निवेदन लेख्नका लागि छुट्टै कर्मचारी खटाउन नपर्ने र सेवाग्राहीको समय तथा खर्च दुवै बचत हुने प्रजिअ गैह्रेको बताए ।

छुट्टै निवेदन लेख्न नपरे पनि सेवाग्राहीले आवश्यक दस्तुर हुलाक टिकट सहित आवश्यक कागजात भने अनिवार्य रूपमा पेस गर्नुपर्ने छ ।
त्यसका अतिरिक्त सेवा प्रवाहलाई थप सहज बनाउन जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीका लागि यदि सेवाग्राहीले आवश्यक कागजातको फोटोकपी ल्याउन छुटाएमा अत्यावश्यक अवस्थामा कार्यालयको सहायता कक्षबाट निःशुल्क रूपमा फोटोकपी सेवा उपलब्ध गराइने सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी हरिप्रसाद गैरेले जानकारी गराए ।

कार्यालयद्वारा बिहिबारदेखि सुरु गरिएको नयाँ व्यवस्थासँगै सेवा प्रवाह थप सहज र नागरिकमैत्री बन्ने अपेक्षा गरिएको छ ।

यसरी वडा कार्यालयमै विषय स्पष्ट भएर आएको अवस्थामा प्रशासन कार्यालयले सोही आधारमा सेवा उपलब्ध गराउने जनाएको छ । यसबाट छिटो सेवा उपलब्ध हुने, निवेदन लेख्नका लागि छुट्टै कर्मचारी खटाउन नपर्ने र सेवाग्राहीको समय तथा खर्च दुवै बचत हुने प्रजिअ गैह्रेको बताए ।

छुट्टै निवेदन लेख्न नपरे पनि सेवाग्राहीले आवश्यक दस्तुर हुलाक टिकट सहित आवश्यक कागजात भने अनिवार्य रूपमा पेस गर्नुपर्ने छ ।
त्यसका अतिरिक्त सेवा प्रवाहलाई थप सहज बनाउन जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीका लागि यदि सेवाग्राहीले आवश्यक कागजातको फोटोकपी ल्याउन छुटाएमा अत्यावश्यक अवस्थामा कार्यालयको सहायता कक्षबाट निःशुल्क रूपमा फोटोकपी सेवा उपलब्ध गराइने सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी हरिप्रसाद गैरेले जानकारी गराए ।

कार्यालयद्वारा बिहिबारदेखि सुरु गरिएको नयाँ व्यवस्थासँगै सेवा प्रवाह थप सहज र नागरिकमैत्री बन्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?