Butwal Today

सेवा प्रवाहलाई सहज बनाउँदै गुल्मी प्रशासन  

१२ मंसिर २०८२, शुक्रबार
अ+
अ-

गुल्मी, १२ मङ्सिर ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले सेवा प्रवाहलाई सहज, सरल र थप प्रभावकारी बनाउँदै लगेको छ । कार्यालयले सेवाग्राहीहरूको सहजताका लागि वडा तहबाट सिफारिस भई आएका कागजातहरूका लागि थप निवेदन आवश्यक नपर्ने व्यवस्था गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सूचना जारी गरी सेवाग्राहीलाई थप निवेदन लेख्ने झन्झट नहोस् भन्नका लागि जिल्ला प्रशासन कार्यालयमा नयाँ व्यवस्था लागु गरिएको जानकारी गराएका छन् ।

प्रजिअ गैह्रेले प्रशासन कार्यालयमा दैनिक रूपमा धेरै जना सेवाग्राहीहरू निवेदन लेख्नुपर्ने झन्झटका कारण एकातिर समय खर्चिनु पर्ने र अर्कोतिर त्यही निवेदन लेखाउन अन्य व्यक्तिलाई गुहार्नु पर्ने समस्याको अन्त हुने समेत बताए ।

जिल्ला प्रशासन कार्यालयमा दिनहुँ हुने सेवाग्राहीको भीड कम गर्ने उद्देश्यले नयाँ व्यवस्था लागु गरिएको बताइएको छ । अबदेखि वडा कार्यालयबाट आउने सिफारिसमा नै सम्बन्धित विषयको पुष्टि हुने शब्दावली राखेर स्वयं व्यक्तिलाई हस्ताक्षर गराउने व्यवस्था गरिएको छ ।

वडा कार्यालयले दिएको सिफारिसमै ‘उल्लेखित ब्यहोरा ठिक साँचो हो, फरक परेमा प्रचलित कानुन बमोजिम सहुँला बुझाउँला’ भन्ने ब्यहोरा उल्लेख गरी सही–छाप गराएमा अतिरिक्त निवेदन आवश्यक नपर्ने बताइएको छ ।

यसरी वडा कार्यालयमै विषय स्पष्ट भएर आएको अवस्थामा प्रशासन कार्यालयले सोही आधारमा सेवा उपलब्ध गराउने जनाएको छ । यसबाट छिटो सेवा उपलब्ध हुने, निवेदन लेख्नका लागि छुट्टै कर्मचारी खटाउन नपर्ने र सेवाग्राहीको समय तथा खर्च दुवै बचत हुने प्रजिअ गैह्रेको बताए ।

छुट्टै निवेदन लेख्न नपरे पनि सेवाग्राहीले आवश्यक दस्तुर हुलाक टिकट सहित आवश्यक कागजात भने अनिवार्य रूपमा पेस गर्नुपर्ने छ ।
त्यसका अतिरिक्त सेवा प्रवाहलाई थप सहज बनाउन जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीका लागि यदि सेवाग्राहीले आवश्यक कागजातको फोटोकपी ल्याउन छुटाएमा अत्यावश्यक अवस्थामा कार्यालयको सहायता कक्षबाट निःशुल्क रूपमा फोटोकपी सेवा उपलब्ध गराइने सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी हरिप्रसाद गैरेले जानकारी गराए ।

कार्यालयद्वारा बिहिबारदेखि सुरु गरिएको नयाँ व्यवस्थासँगै सेवा प्रवाह थप सहज र नागरिकमैत्री बन्ने अपेक्षा गरिएको छ ।