© २०२३
चितवन,१२ मंसिर ।
चितवनको माडी–ठोरी सडकखण्डअन्तर्गत पटारी खोलामा निर्माण भइरहेको पुलको ठेक्का सरकारको निर्णयअनुसार तोडिएको छ । वर्षौँदेखि काम अलपत्र पारिएको र प्रगति नदेखिएकाले ठेक्का रद्द गरिएको हो ।
हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय वीरगन्जले आज सार्वजनिक सूचना जारी गर्दै ठेकेदार कम्पनी लामो समयदेखि सम्पर्कविहीन रहेको र काम अघि नबढाएको कारण ठेक्का तोडिएको जनाएको छ ।
यसअघि निर्माण व्यवसायीलाई १५ दिनभित्र ‘किन ठेक्का नतोड्ने ?’ भनी कारण–बुझाइ मागिएको थियो । तर तोकिएको अवधिभित्र स्पष्टीकरण नबुझाएको, काम सुरु नगरेको तथा कम्पनीका प्रतिनिधिहरूसँग कुनै समन्वय कायम नभएकाले सरकारी निकायले ठेक्का रद्द गरेको हो ।
