Butwal Today

आजको पहिलो खेलमा चितवनले टस जितेर बलिङ गर्दै

१२ मंसिर २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, १२ मंसिर ।

नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

चितवनका कप्तान कुशल मल्लले टस जितेर बलिङ रोज्दै काठमान्डु गोर्खाजलाई ब्याटिङको निम्तो दिएका हुन् । आजको खेलमा काठमान्डु गोर्खाजले अघिल्लो खेलबाट कुनै परिवर्तन गरेको छैन भने चितवन राइनोजले अमरसिंह राउटेको स्थानमा रिजन ढकाललाई टोलीमा समावेश गरेका छन् ।

हालसम्म चितवन राइनोजले ३ खेल खेलेको छ, जसमा २ जित र १ हार छ । काठमान्डु गोर्खाजले ४ खेलमा २ जित र २ हारको नतिजा निकालेको छ ।

दुवै टोलीको समान ४ अंक भए पनि नेट रनरेटमा चितवन राइनोज अघि छ र तेस्रो स्थानमा रहेको छ ।