Butwal Today

कतारमा ४२ जना नेपालीहरूले गरे रक्तदान 

१२ मंसिर २०८२, शुक्रबार
अ+
अ-

कतार, १२ मङ्सिर ।

कतारमा रहेका नेपालीहरूले रक्तदान गरेका छन्, गण्डकी प्रदेश समन्वय परिषद् कतार र प्रदेश मातहतमा रहेका जिल्ला संस्थाहरूको संयुक्त आयोजना तथा नेपाली रक्तदाता सङ्घ कतारको समन्वयमा आयोजित बृहत् रक्तदान कार्यक्रममा ४२ जना नेपालीहरूले रक्तदान गरेका हुन ।

“रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने सेवाभावंलाई आत्म साथ गर्दै,” परिषद् कतारले संस्थाको नवौं स्थापना दिवसको अवसर पारेर “बृहत् रक्तदान” कार्यक्रमको आयोजना गरेको हो । “मानवीय तथा परोपकारी” कार्यमा सहभागी भई रक्तदान गरेका सम्पूर्ण दाताहरूलाई मानवीय सेवा प्रतिको प्रतिबद्धताको प्रशंसा पत्र ग्रहण गर्दै अध्यक्ष नन्दलाल बिक अजयले कतारमा रहेका नेपाली श्रमिक र समुदायलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा “मानवीय सेवामा सक्रिय सहभागिता तथा दाताहरुलाई  हार्दिक आभार सहित कृतज्ञता प्रकट गरे ।

शुक्रबार बिहान ८ बजे देखि दिउँसो १ बजे सम्म चलेको रक्तदान कार्यक्रममा कतारमा स्थापित विभिन्न सामाजिक सङ्घ,संस्थाका प्रतिनिधिहरू,
पत्रकार तथा नेपाली समुदायका अगुवाहरूको  उत्साहपूर्वक सहभागिता रहेको थियो।

गण्डकी प्रदेश समन्वय परिषद् कतारले कतारमा स्थापित विभिन्न सामाजिक सङ्घ,संस्थाहरु सँग समन्वय र सहकार्य गर्दै विभिन्न समयमा मानवीय सहायता रक्तदान तथा नेपाली समुदायका लागी जनचेतनामूलक कार्यक्रम,र समाजलाई सहयोग पुर्‍याउने काम गर्दै आइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?