Butwal Today

टाइम म्यागेजिनको उत्कृष्ट १०० तस्वीरमा नेपालका दुई तस्वीर पनि

११ मंसिर २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, ११ मंसिर ।

टाइम म्यागेजिनले सार्वजनिक गरेको ‘टाइम्स टप १०० फोटोज अफ २०२५’ मा नेपालका दुई महत्वपूर्ण तस्वीर चयन भएका छन् ।

उक्त सूचीमा एपीका लागि फोटोग्राफर कुङा शेर्पाले खिचेको सगरमाथा आरोहणका क्रममा देखिएको भीडको दृश्य तथा एएफपीका लागि प्रवीण रानाभाटले कैद गरेको सिंहदरबारमा लागेको आगलागीको तस्वीर समावेश गरिएको छ ।

भदौ २४ गतेको आगजनीका बेला सिंहदरबार दाहिनाबाहिर फैलिएको विनाशकारी दृश्य र मे १८ मा सगरमाथा आरोहण जारी रहँदा खिचिएको हिमालको तस्बिर दुवैलाई अन्तर्राष्ट्रिय स्तरमा उच्च प्रशंसा प्राप्त भएको टाइम म्यागेजिनले जनाएको छ ।