© २०२३
काठमान्डौ, ११ मंसिर ।
बिहीबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन सुनको मूल्य ९ सय रुपैयाँले बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँ कायम गरेको छ । अघिल्लो दिन मूल्य २ लाख ४८ हजार ८ सय रुपैयाँ थियो ।
गत एक सातामा सुनको भाउ तोलामा ५ हजार ४ सय रुपैयाँले बढेको छ । गत बिहीबार सुन २ लाख ४३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ भने आज बढेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला ३ हजार २ सय ८० रुपैयाँ तोकेको छ, जसमा अघिल्लो दिनको मूल्य ३ हजार २ सय २० रुपैयाँ थियो ।