ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

गुल्मीमा धान उत्पादनमा कमी

११ मंसिर २०८२, बिहीबार
११ मंसिर २०८२, बिहीबार

गुल्मी, ११ मङ्सिर । 

गुल्मीमा यस पटक धान उत्पादनमा कमी आएको छ । गत वर्ष जिल्लामा २४ हजार चार सय २६ मेट्रिकटन धान उत्पादन भएकोमा यस पटक उत्पादन घटेर २२ हजार तीन सय २३ मेट्रिकटन मात्र भएको छ ।

गत वर्षको तुलनामा जिल्लामा धानको उत्पादनमा ८ प्रतिशत भन्दा बढीले कमी आएको कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टिकाराम न्यौपाने जानकारी दिएका छन् ।

गत वर्ष जिल्लामा धान उत्पादनमा वृद्धि भए पनि यस पटक धानको क्षेत्रफलसँगै उत्पादन पनि घटेको सूचना अधिकारी न्यौपानेले बताएका छन् ।

गत वर्ष जिल्लामा सात हजार दुई सय ८८ हेक्टरमा क्षेत्रफलमा धान उत्पादन भएकोमा यस वर्ष घटेर ६ हजार दुई सय ७० हेक्टरमा पुगेको छ । जिल्लामा प्रत्येक वर्ष धानको उत्पादन र क्षेत्रफल घट्दै जान थालेको छ ।

धानको उत्पादन घट्नुको मुख्य कारणहरूमा समयमा बेमौसमी वर्षा, खडेरी, खेतहरू बाँझो बन्दै जानु, उन्नत बीउको प्रयोग कम हुनु, रासायनिक मलको उपलब्धता नहुनु, बसाई सराइँ, काम गर्ने श्रमिकहरूको कमी हुनु जस्ता कारणले धानको उत्पादनमा ह्रास आउँदै गएको बताइएको छ ।

गत वर्षभन्दा यस वर्ष बर्से धान उत्पादनमा आठ प्रतिशतले कमी आएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । जिल्लामा चैते धान तीन सय १५ हेक्टर र बर्से धान ६ हजार दुई सय ७० हेक्टर गरी गरी कुल ६ हजार पाँच सय ८५ हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ ।

यस वर्ष चैते धान एक हजार दुई सय ८६ मेट्रिकटन र बर्से धान २२ हजार तिन सय २३ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले जानकारी दिए ।

जिल्लामा सबैभन्दा बढी धान उत्पादन हुने फाँटमा इस्माको चौरासी, सत्यवतीको जोहाङ्, उर्लीखोला र अस्लेवा काली गण्डकीको अर्बेनी, कनौटा, छापचौर, चन्द्रकोटको मजुवा, रूपाकोट, लगायतका फाँटहरू रहेका छन् ।

त्यसैगरी मुसिकोट नगरपालिकाको तल्लाफाँट, इन्द्रेगौडा, बडीगाडको सुदी, मालिका गाउँपालिकाको सिमलटारी, फूलबारी, मदानेको सिर्सेनी रहेका छन् । यसै गरी धुुर्कोटको छल्दी र पनाहा फाँट, गुल्मी दरवारको गरमटारी, छत्रकोटको खज्र्याङ्, मनबाग लगायतका फाँटहरू धेरै धान खेती हुने फाँटमा पर्दछन् ।

जिल्लामा आयातित चामलको गुणस्तर तथा मूल्यमा स्वदेशी र स्थानीय धानले प्रतिस्पर्धा गर्न नसक्दा धानको आयात बढिरहेको छ । जसका कारण गत वर्ष गुल्मीमा पाँच करोड मूल्य बरावरको चामल आयात भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

सरदर एक जना व्यक्तिले वार्षिक रूपमा एक सय २८ केजी चामल खपत गर्ने हुँदा जिल्लामा १४ हजार मेट्रिकटन भन्दा बढी चामल आवश्यक पर्ने बताइएको छ ।

गुल्मी जिल्लामा हँसराज, झोत्री, काठे, भिनुवा, सानोभट्टे, ठूलोभट्टे, कोडे, मडियारे, रातोे मार्सी र मार्सी लगायत विभिन्न जातका धान उत्पादन हुने गर्दछ । उन्नत र हाइब्रिड जातका धान भन्दा स्थानीय जातको धान कृषकको रोजाइमा पर्ने गरेको छ ।

स्थानीय धानको भात खाँदा कम भोक लाग्ने, खानका लागि नरम र स्वादिलो हुने हुँदा यहाँका कृषकहरूले रैथाने धान उत्पादनमा निरन्तरता दिँदै आएका छन् ।

कृषि ज्ञान केन्द्रले पनि जिल्लामा यस्ता प्रकारका रैथाने जातका बीउको संरक्षण गर्नका लागि कृषकहरूलाई यसको उत्पादनमा जोड दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?