ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

संसद्को पुनः स्थापना निकासको उत्तम विकल्प !

११ मंसिर २०८२, बिहीबार
११ मंसिर २०८२, बिहीबार

भ्रष्टाचार हुँदैन भने देशको विकास छिटो भन्दा छिटो हुन सक्छ । यसमा यो भन्दा सही साँचो कुरा अरु छैन ।

भ्रष्टाचार छ, भ्रष्टाचार भएर हाम्रो देशको विकास हुन सकेको छैन । जेनजी भाइ बहिनीहरुले जगजाहेर भ्रष्टाचारको विरुद्ध जनता पनि तातेको बेलामा अर्को शब्दमा फलाम तातेको बेलामा आन्दोलनको ज्वारभाटा उठाए । एकैदिन (२०८२ भदौ २३ गते) आन्दोलन सफल भयो ।

आन्दोलन सफल गन्तव्यमा पुग्ने बित्तिकै जेनजी आन्दोलनको नेतृत्वले अव हाम्रो आन्दोलन सफल भयो, आन्दोलनकारी साथीहरु घर फर्कनुहोस् भनेर आह्वान गरेका हुन् र आन्दोलनकारीहरु घर फर्केका पनि हुन् । यो विद्रोह थियो, परिवर्तनका लागि विद्रोह ।

क्रान्तिकारी भाइ बहिनीहरु, छोराछोरीहरु, नाति नातिनाहरुलाई ७९ वर्षमा हिंडिरहेको चौरासी पूजाका लागि प्रतीक्षारत यस पङ्तिकारको धेरैधेरै साधुवाद छ । साथै सहादत दिने नेपाल आमाका होनहार जेनजी युवाहरुलाई उच्च सम्मानको सलाम छ ।

आन्दोलनको मूल एजेण्डा भ्रष्टाचारको विरोध थियो भने अर्को चाहिं सुशासन थियो । किनभने भ्रष्टाचारलाई नियन्त्रण गर्न सुशासन भन्ने कुरा लोकतान्त्रिक प्रणालिमा दण्डको मानवीय उपाय हो ।

तर दुर्भाग्य, अर्को दिन मुलुकमा प्रतिक्रान्ति भयो । विद्रोहको ठाउँ विध्वंसले लियो । २०८२ भाद्र २४ गते ठुलो विध्वंस भयो । मुलुकको ऐतिहासिक केन्द्रीय सचिवालय जलाइयो । सर्वोच्च अदालत जलाइयो । निहत्था नागरिक मारिए । निहत्था नागरिक मात्र होइन प्रहरी समेत मारिए । प्रहरीका हतियार खोसिए ।

देशभरी प्रहरी चौकी जलाइए । मुलुकभर राजनीतिक पार्टीका अफिस जले । नेताका व्यक्तिगत घर जले । मुलुकभरका जेल तोडेर १४–१५ हजार कैदी भगाइए । पूरा अराजकता भयो । अनिष्ट भयो । अपूरणीय मानवीय क्षति भयो । अरवौंको भौतिक क्षति भयो । मुलुकलाई ५० वर्ष पछि धकेलियो ।

स्पष्ट छ, यो दुष्कर्म देशभक्त जेनजीहरुको आवरणमा राष्ट्रघाती घुसपैठिया कपुतहरु बाहेक अरु कसैको हुन सक्दैनथ्यो । नेपाललाई स्वतन्त्र, सार्वभौम, शान्त, समृद्ध देख्न नचाहने देशी विदेशी शक्ति केन्द्रको वारदात थियो यो । विध्वंसका कतिपय दशी प्रमाणले यही कुरा पुष्टि गरिरहेको छ ।

यसमा इमान्दार देशभक्त जेनजीहरु यतिकन पनि जिम्मेवार छैनन् । तिनको नेतृत्वले २३ गते अपरान्ह नै आफ्नो आन्दोलन सफल भएको हुनाले आन्दोलनकारीलाई घर फर्कन आह्वान गरेको थियो । जिम्मेवार छन् त जेनजीको आवरणमा अवान्छित विध्वंसको नाटक गर्ने देशी विदेशी शक्तिकेन्द्रका भरौटेहरु । सबभन्दा बलवान् समय छ, समयले यसको उत्खनन् गर्ने नै छ ।

क्रूरतम नरसंहार र अक्षम्य भौतिक विध्वंसपछि मौजुदा संसद भङ्ग गरेर सुशीला कार्कीको नेतृत्वमा एक थान सरकार बनेको छ । मौजुदा संविधान जीवित छ । सरकार भने संविधान बाहिरबाट बनेको छ । यसलाई राजनीतिक वृत्तले गैरसंवैधानिक भनेर संसद् पुनःस्थापनाका लागि अदालतमा मुद्दा हालेको छ ।

अदालतले के भन्ने हो आफ्नो ठाउँमा छ । संसद् पुनःस्थापना भयो भने सरकार भङ्ग हुन्छ, संसद् पुनःस्थापना भएन र यसै सरकारले फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गराउने भयो भने चुनाव चुनावका लागि मात्रै हुन्छ, यसले कुनै स्थायी समाधान दिंदैन ।

मुलुकमा शान्ति सुरक्षाको स्थिति नाजुक छ । भय र त्रास विद्यमान छ । जेनजीका ज्वलन्त मागहरुको संबोधन हुन सकेको छैन । यसको थालनी पनि भएको छैन । आन्दोलनको दौरान जेनजीले तताएको तावामा विभिन्न स्वार्थ समूहले आफ्ना रोटी सेकिरहेका छन् ।

जेनजी भाइबहिनीहरु आफ्ना माग पूरा गराउन यो वा त्यो प्रकारको आन्दोलनमा नै छन् । संविधान संशोधन नगरी जेनजीका माग पूरा हुनेवाला छैनन् । त्यसका लागि कुनै विधि तथा नीति तय गरिएको छैन । यसका लागि राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने हुन्छ । त्यो हुन सकेको छैन ।

सरकारले मुलुकमा विद्यमान राजनीतिक पार्टीहरुसित विश्वासको वातावरण बनाउन सकेको छैन । यस अवस्थामा चुनाव हुन्छ र समस्या समाधान हुन्छ भन्ने कसैको विश्वास छैन । स्थिति–क्या हो मैना, क्या हो, छ । भ्रष्टाचार नियन्त्रण र सुशासनका कुरा त शब्दमा पनि आउन छोडेका छन् । जनजनमा भय र त्रास मात्र छ । मुलुकमा सरकार छ भन्ने अनुभूति हुन सकिरहेको छैन । मुलुक संगीन अवस्थामा छ ।

खास गरिकन देशी विदेशी स्वार्थ समूहको स्वार्थमा नेपालमा राजनीति अस्थिर भएको छ । राजनीति अस्थिर भएरै अर्थतन्त्र कमजोर हुँदै गयो । भू–राजनीतिक अवस्था संवेदनशील भयो । एनजीओ, आइएनजीओका चलखेल बढे । यही मौका छोपेर अराष्ट्रिय गतिविधि एकपछि अर्को गरेर भैरहे ।

मुलुकमा अन्यौलकै अवस्था रह्यो र छ । विकासमान यस्तो तरल स्थितिमा मुलुकको राष्ट्रियतामाथि नै कतैबाट बज्र प्रहार नहोला भनेर भन्न सकिने स्थिति छैन । यो संगीन अवस्थामा राष्ट्रलाई जोगाउन प्रवल रुपमा नेपाली एकताको प्रयोजन भैरहेको छ ।

तत्कालको निकासका लागि देशभक्त नेपालीहरुले दूरदृष्टि राखेर अत्यन्त जिम्मेवार भैकन विवेकपूर्ण निर्णय लिनुपर्ने अवस्था छ । उपाय खोज्दै जाँदा अहिले सबभन्दा उत्तम उपाय संसद्को पुनःस्थापना हुन सक्छ । अहिलेकै अवस्थामा चुनाव हुन्छ भने त्यो चुनाव यथास्थितिको चुनाव हो ।

त्यसले जेनजी आन्दोलन र न्यूनतम अवसरहरुबाट बन्चित नेपालीहरुले अपेक्षा गरेका आवश्यकतालाई यतिकन पनि संबोधन गर्न सक्दैन । यसका लागि संविधानको अर्थपूर्ण संशोधन जरुरी छ । जव हामी मौजुदा संविधानको व्यवस्थामै रहेर दैनिक प्रशासन चलाइरहेका छौं भने त्यसैभित्रबाट निकासको खोजी किन नगर्ने ?

निकासहरुको खोजी गर्दै जाँदा संसद्को पुनःस्थापना बाहेक अर्को उपयुक्त विकल्प देखिदैन । यदि त्यस्तो उपयुक्त विकल्प आउन सक्छ भने सोंच्न नसकिने होइन । संसद् पुनःस्थापनाको कुरा गर्दा मुलुक यथास्थितिमै रहन्छ कि भन्ने भ्रम उत्पन्न हुन सक्छ ।

संविधानमा यो यो विषय संशोधन गर्ने भनेर संसद् पुनःस्थापना गर्ने र तत्काल सर्वदलीय सर्वपक्षीय सरकार गठन गरी चुनाव गर्ने व्यवस्था गरिन्छ भने यथास्थितिको भय मान्नु पर्दैन । राष्ट्रिय सहमतिमै पुनःस्थापित संसद्लाई यी यी संशोधनका बुँदा राखेर संविधान संशोधन गर्ने भन्ने विषय र संशोधन अनुसार कार्यसम्पादन गर्न सर्वदलीय सर्वपक्षीय सरकारलाई कार्यादेश तोक्ने काम गरियो भने तत्कालका लागि उत्तम निकास यही हुन सक्छ ।

यो निकास अहिले आवश्यक देखिन आएको प्रवल राष्ट्रिय एकता निर्माणमा पनि एउटा महत्वपूर्ण कडी हुन सक्छ । जेनजीसहितको सर्वदलीय सर्वपक्षीय सरकार गठन गरी पुनःस्थापित संसद्को कार्यादेश अनुसार सरकार निर्वाचनमा जाने व्यवस्था नै अहिले बढी भन्दा बढी समाधानको उत्तम विकल्प हुन सक्छ ।

यस सम्बन्धमा सम्पूर्ण देशभक्त जिम्मेवार पक्षले मातृभूमिको माटो छोएर निर्णय गर्नुपर्ने अवस्था छ । यस अवस्थामा सम्यक् निर्णय हुन सकेन भने जेनजी आन्दोलनको ताप र रापमा परचक्रीहरुले आ–आफ्ना स्वार्थका रोटीहरु सेक्दै जाने र अझ अरु अनिष्ट गर्दै जाने अवस्था रहिरहन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?