ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

सामुदायिक विद्यालय फेरिए : बर्दघाटका १० कारण

११ मंसिर २०८२, बिहीबार
११ मंसिर २०८२, बिहीबार

नवलपरासी (पश्चिम)

बर्दघाट नगरपालिकाले आ.व. ०८०/८१ लाई शैक्षिक सुधार वर्ष घोषणा गर्दै शिक्षा क्षेत्रमा केन्द्रित भएर अघि बढ्दा सामुदायिक विद्यालयको अवस्था बदलिन थालेको छ। नगरपालिकाले करिब ६ करोड रुपैयाँ शिक्षामा बिनियोजन गरेपछि विद्यालयको नतिजादेखि भौतिक पूर्वाधार, सिकाइ प्रविधि, व्यवस्थापन र अभिभावकको विश्वास सबै क्षेत्रमा उल्लेख्य परिवर्तन देखिएको छ।

यो परिवर्तनलाई सबैभन्दा राम्रोसँग देखाउने आधार हुन्न-गरपालिकाले अघि सारेका १० महत्वपूर्ण काम।


१. नतिजामा ऐतिहासिक सुधार

सामुदायिक विद्यालयको स्तरवृद्धिमा नगर सरकार पूर्ण रूपमा केन्द्रित रह्यो।
निर्वाचनको समयमा कक्षा ८ को नतिजा १२ प्रतिशतमा झरेको थियो। निरन्तर अनुगमन, विद्यालय व्यवस्थापनसँग सहकार्य र शिक्षक–अभिभावक समन्वय बढाउँदै लग्दा अहिले यो नतिजा ५२ प्रतिशत पुगेको छ।


२. प्रविधिमैत्री शिक्षा : स्मार्ट बोर्डदेखि शिक्षक तालिमसम्म

विद्यार्थीको सिकाइलाई प्रविधीसँग जोड्ने लक्ष्यअनुसार अधिकांश विद्यालयमा स्मार्ट बोर्ड जडान गरियो।
शिक्षकलाई प्रविधिसँग सहज बनाउन ल्यापटप प्रदान गरियो र विभिन्न प्रकारका तालिम सञ्चालन गरियो। विकास साझेदार गैरसरकारी संस्थाको सहकार्यमा गरिएको तालिमले शिक्षकको दक्षतामा उल्लेख्य सुधार आएको छ।


३. ‘मेरो दुई मिनेट’ अभियान : विद्यालयलाई सुन्दर बनाउने पहल

विद्यालयको सतत् सरसफाइका लागि ‘मेरो २ मिनेट’ अभियान सुरु गरियो।
विद्यार्थी र शिक्षकले हरेक दिन २ मिनेट विद्यालय प्राङ्गण सफा गर्ने व्यवस्था बनाइयो।
उजाड र अव्यवस्थित देखिने विद्यालय अब फूलबारी र हरियालीले भरिएको आकर्षक वातावरणमा परिणत हुँदैछन्।


४. करार शिक्षकलाई समान तलब : मनोबलमा वृद्धि

करार शिक्षक र स्थायी शिक्षकबीच तलबको अन्तर हटाउँदै नगरपालिकाले ‘समान तलब’ व्यवस्था लागू गर्यो।
यसले शिक्षकको मनोबल बढाएको छ भने सामुदायिक विद्यालयप्रतिको अभिभावकको धारणा सकारात्मक बनाउँदै लगेको छ।


५. समृद्ध भौतिक पूर्वाधार

आ.व. ०८०/८१ मा मात्रै करिब एक करोड रुपैयाँ विद्यालय पूर्वाधारमा लगानी गरियो।
पुराना, चुहिने टिनका छाना हटाएर जिप्सम बोर्ड राखिँदै कक्षा कोठालाई आधुनिक तथा आकर्षक बनाइयो।
यसले सिकाइमा मनोवैज्ञानिक रूपमा पनि सकारात्मक प्रभाव पारिरहेको विद्यालयको अनुभव छ।


६. महिला शिक्षकलाई सट्टा भर्ना सुविधा

महिला शिक्षक सुत्केरी बिदा बस्दा पठनपाठन नरोकिने व्यवस्था नगरले मिलाएको छ।
सुत्केरी बिदा अवधिमा ‘शिक्षक सट्टा’ राख्ने विधि अपनाइएपछि कक्षामा शिक्षण गतिविधि अबद्ध नभएर निरन्तर रूपमा चलिरहेको छ।


७. विद्यार्थी दुर्घटना उपचार कोष र विद्यालय नर्स कार्यक्रम

विद्यालय समयमा दुर्घटना भएमा ‘दुर्घटना उपचार कोष’ मार्फत तत्काल उपचार गरिन्छ।
साथै विद्यालय नर्स कार्यक्रम प्रभावकारी बन्दै गएपछि अभिभावकले आफ्ना बालबालिका सुरक्षित हातमा छन् भन्ने विश्वासका साथ विद्यालय पठाएका छन्।


८. उत्कृष्ट विद्यार्थी सम्मान : मनोबल बढाउने कार्यक्रम

एसईईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगरपालिकाले विशेष समारोहमार्फत सम्मान गर्दछ।
यसले विद्यार्थीमा प्रतिस्पर्धा, अनुशासन र मेहनतप्रतिको प्रेरणा बढाएको छ।
नगरपालिकाले आफ्नो शिक्षा ऐन बनाएर शिक्षा क्षेत्रमा दीर्घकालीन दिशा पनि तय गरेको छ।


९. नगरप्रमुख छात्रवृत्ति : पहुँचविहीनलाई पहुँच

‘शिक्षाबाट कोही पनि बञ्चित नहोस्’ भन्ने लक्ष्यसहित बर्दघाट नगरले विपन्न र गरिब विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ।
विशेषगरी चिकित्सा शिक्षा पढ्ने विद्यार्थीलाई १० हजारदेखि ६० हजार रुपैयाँसम्मको सहयोग सोझै बैंक खातामा जम्मा गर्ने व्यवस्था छ।


१०. शिक्षकलाई निरन्तर तालिम : सिकाइ केन्द्रित व्यवस्थापन

नगरपालिकाले सिकाइलाई युगअनुकूल बनाउन दक्ष प्रशिक्षकमार्फत शिक्षकलाई नियमित तालिम प्रदान गर्दै आएको छ।
“पढाउने होइन, सिकाउने” सिद्धान्तअनुसार सञ्चालन भइरहेका यी तालिमले विद्यालयमा सिकाइ पद्धति फेरिएको अनुभव अभिभावक र विद्यार्थीले गरेका छन्।


बर्दघाट : शिक्षा सुधारको उत्कृष्ट मोडेलतर्फ

नगर प्रमुख शम्भुलाल श्रेष्ठका अनुसार विद्यालयको वातावरण पारिवारिक र सुरक्षित बनाइएपछि सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास तीव्र गतिमा फर्किएको छ।
शिक्षा ऐन, नतिजा सुधार, प्रविधिमैत्री सिकाइ, भौतिक सुधार र समग्र व्यवस्थापनमा भएको यो परिवर्तन बर्दघाट नगरपालिकालाई ‘शिक्षा सुधारको नमुना नगरपालिका’ बनाउँदै लैजाने विश्वास नगरले लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?