© 2026
काठमाडौं, ११ मंसिर ।
जेनजी आन्दोलनका क्रममा फरार भएका ९ हजार ६९७ कैदीबन्दी फिर्ता भएका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार आन्दोलनका बेलामा भागेका तथा फरार भएका ४ हजार ८५७ जना अझै बाहिर रहेका छन् । ती कैदीबन्दीलाई फिर्ता ल्याउन सरकारले विशेष अपरेसन सञ्चालन गरिरहेको पनि उनले जानकारी दिए ।
राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले बाँकी फरार कैदीबन्दीलाईसमेत शीघ्र नियन्त्रणमा ल्याउने सरकारी योजना अघि बढेको बताए ।