© २०२३
काठमान्डौ, ११ मंसिर ।
नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ एक सय रुपैयाँ नोट प्रचलनमा ल्याएको छ । बैंकले सार्वजनिक गरेको सूचना अनुसार, नयाँ नोटमा पूर्व गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको छ ।
दृष्टिविहीनका लागि विशेष सुविधा पनि गरिएको छ – नोटमा छामेर पहिचान गर्न सकिने कालो थोप्ला राखिएको छ, जसले दृष्टिविहीन व्यक्तिलाई नोट चिन्न सजिलो बनाउँछ ।
नयाँ नोटको आकार र रङ्ग भने साबिककै जस्तै छ । नोटको अगाडि मध्यभागमा नेपालको चुच्चे नक्सा र अशोक स्तम्भको चित्र छ भने सिरिज नम्बर नेपाली भाषामा ‘वि.सं. २०८१’ लेखिएको छ ।
सुरक्षाको दृष्टिले नोटमा २ मिमी चौडाइको विशेष सुरक्षा धागो राखिएको छ, जसलाई सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ । नोटको पछाडि मध्यभागमा एकसिंगे गैडाको माउ र बच्चाको चित्र अंकित गरिएको छ ।
