© २०२३
काठमाडौं, ११ मंसिर ।
महाधिवेशन सम्बन्धी विवाद चर्किरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।
पार्टीभित्र उत्पन्न विवाद समाधानबारे सहमति खोज्न देउवाले पूर्वपदाधिकारी तथा वरिष्ठ नेताहरूलाई छलफलमा डाकेका हुन् । महाधिवेशनको समय र प्रक्रियाबारे बुझाइ नमिल्न थालेपछि विवाद न्यूनिकरणका लागि देउवा स्वयं सक्रिय बनेका छन् ।
छलफलमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, डा. प्रकाशरण महतलगायत नेताहरू सहभागी रहेका छन् ।
छलफलमा सहभागी अधिकांश नेताहरू आगामी प्रतिनिधिसभा निर्वाचनपछि मात्र कांग्रेसको १५औँ महाधिवेशन हुनुपर्ने अडानमा छन् ।