Butwal Today
एनपीएल

लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दियो

११ मंसिर २०८२, बिहीबार
अ+
अ-

काठमाडौं, ११ मंसिर ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य तय गरेको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहीबार टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी १९.४ ओभरमा सबै विकेट गुमाउँदै १४३ रनमा समेटियो ।

लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । दिलिप नाथले ३१ रन जोडे भने ओपनर डार्शी सर्ट र सुमित महर्जनले समान १८–१८ रनको योगदान दिए ।

बलिङतर्फ सुदूरपश्चिमका अविनाश बोहरा र हर्मित सिंहले ३–३ विकेट लिए । हेम्नत धामीले २ विकेट आफ्नो नाममा पार्न सफल भए । अंकतालिकामा सुदूरपश्चिम रोयल्स ३ खेलमा अपराजित रहँदै ६ अंकसहित शीर्षस्थानमा छ । उता, लुम्बिनी लायन्स ३ खेलमा २ अंक जोड्दै छैटौँ स्थानमा रहेको छ ।

गत संस्करणमा पनि यी दुई टोलीको भिडन्तमा सुदूरपश्चिम रोयल्स विजयी भएको थियो ।