ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्न चाहने दलहरूको संख्या बढ्दै

११ मंसिर २०८२, बिहीबार
११ मंसिर २०८२, बिहीबार

काठमान्डौ, ११ मंसिर ।

संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्ने दलहरूको संख्या बढ्दै गएको छ ।

निर्वाचन आयोगका नियम अनुसार, एकभन्दा बढी दलले एउटै चुनाव चिह्नमा निर्वाचन लड्न चाहँदा आयोगको स्वीकृति लिनुपर्छ । कुन दलको चुनाव चिह्नमा संयुक्त निर्वाचन लडिने हो भन्नेबारे सम्बन्धित दलले आयोगमा निवेदन दिनुपर्छ र आयोगले निर्णय गर्नेछ ।

यसअन्तर्गत उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालले बिजुलीको चिम चुनाव चिह्नमा संयुक्त रूपमा निर्वाचन लड्ने निवेदन दिएका छन् । त्यस्तै, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले जाँतो चुनाव चिह्नमा निर्वाचन लड्ने तयारी गरेका छन् ।

नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीले पनि एउटै चुनाव चिह्नमा निर्वाचन लड्ने निवेदन आयोगमा पेश गरेका छन् ।

राजनीतिक दल सम्बन्धी ऐनको दफा ४९ अनुसार, दुई वा दुईभन्दा बढी दलले कुनै दलले प्राप्त गरेको चुनाव चिह्न वा अन्य कुनै निर्वाचन चिह्नमा संयुक्त रूपमा निर्वाचनमा भाग लिन सक्ने व्यवस्था छ । संयुक्त निर्वाचनमा सहभागी दलको तर्फबाट उम्मेदवारी दिँदा उम्मेदवार कुन दलसँग सम्बन्धित हो भन्ने जानकारी खुलाउनुपर्नेछ ।

दुई वा बढी दल संयुक्त निर्वाचनमा सहभागी भएमा, ती दलमध्ये सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको नाममा एक मात्र संसदीय दल गठन हुनेछ । अन्य दलका निर्वाचित सदस्यहरू पनि सोही संसदीय दलको सदस्य मानिनेछन् । नयाँ चुनाव चिन्हमार्फत संयुक्त रूपमा निर्वाचनमा सहभागी दलका निर्वाचित सदस्यहरूले दफा २४ अनुसार नयाँ संसदीय दल गठन गर्नेछन् र सो दलको नाम सम्बन्धित संसदीय दलले निर्धारण गर्नेछ ।

४ मंसिर २०७९ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ८४ दलले चुनाव लडेका थिए । त्यतिबेला पनि केही दलहरूले संयुक्त चुनाव चिह्नमा भाग लिएका थिए । यसपटक निर्वाचनमा भाग लिन चाहने दलको संख्या उल्लेख्य वृद्धि भएको छ । बुधबारसम्म १०६ दल निर्वाचन प्रयोजनका लागि दर्ता भइसकेका छन् । दल दर्ताको समय मंसिर १४ गतेसम्म थपिएकाले अझ केही दल दर्ता हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?