ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्न चाहने दलहरूको संख्या बढ्दै

११ मंसिर २०८२, बिहीबार
११ मंसिर २०८२, बिहीबार

काठमान्डौ, ११ मंसिर ।

संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्ने दलहरूको संख्या बढ्दै गएको छ ।

निर्वाचन आयोगका नियम अनुसार, एकभन्दा बढी दलले एउटै चुनाव चिह्नमा निर्वाचन लड्न चाहँदा आयोगको स्वीकृति लिनुपर्छ । कुन दलको चुनाव चिह्नमा संयुक्त निर्वाचन लडिने हो भन्नेबारे सम्बन्धित दलले आयोगमा निवेदन दिनुपर्छ र आयोगले निर्णय गर्नेछ ।

यसअन्तर्गत उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालले बिजुलीको चिम चुनाव चिह्नमा संयुक्त रूपमा निर्वाचन लड्ने निवेदन दिएका छन् । त्यस्तै, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले जाँतो चुनाव चिह्नमा निर्वाचन लड्ने तयारी गरेका छन् ।

नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीले पनि एउटै चुनाव चिह्नमा निर्वाचन लड्ने निवेदन आयोगमा पेश गरेका छन् ।

राजनीतिक दल सम्बन्धी ऐनको दफा ४९ अनुसार, दुई वा दुईभन्दा बढी दलले कुनै दलले प्राप्त गरेको चुनाव चिह्न वा अन्य कुनै निर्वाचन चिह्नमा संयुक्त रूपमा निर्वाचनमा भाग लिन सक्ने व्यवस्था छ । संयुक्त निर्वाचनमा सहभागी दलको तर्फबाट उम्मेदवारी दिँदा उम्मेदवार कुन दलसँग सम्बन्धित हो भन्ने जानकारी खुलाउनुपर्नेछ ।

दुई वा बढी दल संयुक्त निर्वाचनमा सहभागी भएमा, ती दलमध्ये सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको नाममा एक मात्र संसदीय दल गठन हुनेछ । अन्य दलका निर्वाचित सदस्यहरू पनि सोही संसदीय दलको सदस्य मानिनेछन् । नयाँ चुनाव चिन्हमार्फत संयुक्त रूपमा निर्वाचनमा सहभागी दलका निर्वाचित सदस्यहरूले दफा २४ अनुसार नयाँ संसदीय दल गठन गर्नेछन् र सो दलको नाम सम्बन्धित संसदीय दलले निर्धारण गर्नेछ ।

४ मंसिर २०७९ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ८४ दलले चुनाव लडेका थिए । त्यतिबेला पनि केही दलहरूले संयुक्त चुनाव चिह्नमा भाग लिएका थिए । यसपटक निर्वाचनमा भाग लिन चाहने दलको संख्या उल्लेख्य वृद्धि भएको छ । बुधबारसम्म १०६ दल निर्वाचन प्रयोजनका लागि दर्ता भइसकेका छन् । दल दर्ताको समय मंसिर १४ गतेसम्म थपिएकाले अझ केही दल दर्ता हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?