Butwal Today

हङकङमा हाउजिङ कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु

११ मंसिर २०८२, बिहीबार
अ+
अ-

 काठमाडौं, ११ मंसिर ।

हङकङको ताई पो जिल्लास्थित एक हाउजिङ कम्प्लेक्समा भीषण आगलागी हुँदा ४४ जनाको मृत्यु भएको छ । साथै २७९ जनाको अवस्था अज्ञात रहेको बताइएको छ ।

स्थानीय समयअनुसार बुधबार बिहान २ बजेर ५१ मिनेट जाँदा वाङ फुक कोर्टमा आगलागी सुरु भएको थियो ।

बीबीसीका अनुसार दुर्घटनामा ४४ जनाको मृत्यु भएको छ भने ४५ जना गम्भीर घाइतेको उपचार भइरहेको छ ।

हङकङको अग्निशमन सेवा विभागले आगलागीलाई ‘लेभल–फाइभ अलार्म’ घोषणा गरेको छ, जुन सबैभन्दा गम्भीर श्रेणी मानिन्छ । यस्तो स्तरको आगलागी हङकङमा १७ वर्षपछि भएको अधिकारीहरूले बताएका छन् ।