Butwal Today

रवि र छविको मुद्दाको सुनुवाइ स्थगित

११ मंसिर २०८२, बिहीबार
अ+
अ-

बुटवल, ११ मंसिर ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित भएको छ । सो मुद्दा बिहीबार न्यायाधीश मिलनकुमार राई र सानुमाया डङ्गोलको ३ नम्बर इजलासमा परेको थियो ।

अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, रविका कानुन व्यवसायीले आजको सुनुवाइ स्थगित गर्न निवेदन दिएको हुँदा सुनुवाइ स्थगित गरिएको हो ।

बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरेका थिए । तर, जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो ।

जिल्ला अदालतको आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए । अदालतले लामिछाने र जोशीको मुद्दा एकैसाथ हेर्ने आदेश पनि दिइसकेको थियो ।