Butwal Today

नेपाली कम्युनिस्ट पार्टीमा चार समूह समाहित हुँदै

११ मंसिर २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, ११ मंसिर ।

नेपाली कम्युनिस्ट पार्टीमा चार नयाँ समूह समाहित हुन लागेका छन् ।

समाहित हुन लागेका समूहमा जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूह रहेका छन् ।

चार समूह र नेपाली कम्युनिस्ट पार्टीबीच एकता घोषणा कार्यक्रम आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा आयोजना हुनेछ ।

कार्यक्रम अन्तर्गत जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह राजेन्द्र श्रेष्ठको नेतृत्वमा पार्टीमा समाहित हुँदैछ भने नेकपा माओवादी विद्रोही समूह सरद रसाइलीको नेतृत्वमा समाहित हुनेछ ।